२६ बैशाख २०८१, बुधबार
कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान शुरु
  • काँचुली खबर

नेपाल एयरलाइन्सले कर्णाली जिल्लामा नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलंगा, रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो ।
नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगन्ज विमानस्थलमै राखेर कर्णाली बासीलाई नियमित हवाई सुविधा दिन व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
ट्विनेटर जहाजमा खराबि र पाईलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महिनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन् ।
सोमबार मात्र नेपाल एयरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको समेत विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए । कर्णाली बासीको लागि जिल्ला बाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एयरलाइन्सको नियमित उडानसँगै कर्णाली बासीलाई राहत मिलेको छ ।
नेपाल एयरलाइन्स सहित तारा, सीता, समिट एयरलाइन्सले कर्णालीमा हवाई सुविधा दिँदै आएका छन् ।

  • २२ आश्विन २०७५, सोमबार १८:३३ प्रकाशित
  • Nabintech