२७ बैशाख २०८१, बिहीबार
माछाको संरक्षणमा ‘स्थानीय सरकार’ !
  • काँचुली खबर

जिल्लाको ऐरावती गाउँपालिकाले माछाको संरक्षण गर्दै आएको छ । गाउँपालिकाले माछा संरक्षणको लागि बिनासकारी ढङ्गबाट माछा मार्ने कार्यलाई रोक लगाएको हो । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेपछि वम, बिषादि र करेन्ट लगाएर माछा मार्ने कार्य रोकिन गएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले बताए । गाउँपालिकाको वडा नं. १ र २ क्षेत्रभित्र माछाको संरक्षणका पानी परियोजनामार्फत सहयोग भएको शाहले जानकारी दिए ।
सोमबार नेपाल वातावरण पत्रकार समुहको आयोजनामा जलाधार क्षेत्र संरक्षण गर्न नदिमा पाइने माछाको संरक्षणमा ध्यान दिनुपर्ने उदेश्य राखेर छलफल गरिएको छ । समुदाय स्तरमा गठन भएका आमा समुहले माछा संरक्षण अभियान थालेका छन् । जसले गर्दा झिमरुक जलाधार क्षेत्रमा माछाको संख्या बढेको छ । बम, बीस र करेन्ट लगाएर माछा मार्ने कार्यलाइ रोक लगाइएको छ । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए ।
पानी परियोजना मार्फत विभिन्न लक्ष्य समेटेर माछा संरक्षण गर्ने अभियान अगाडी वढेको उनले जानकारी दिए । मध्य राप्ती जलाधार झिमरुक जलाधार लगायत जलाधार क्षेत्रमा कार्यक्रम लागू भएको छ ।
ऐरावति गाउँपालिका वडा नम्बर २ निवासी देविबहादुर गुरुङ माछा मारेर जिवीका चलाउँदै आएका थिए । उनको गाउँमा रहेको झिमरुक नदीमा करेन्ट, विषादी र बम हानेर माछा मार्न बाहिरबाट मानिसहरु आउने गरे । यसले संकट चुलियो । माझी समुदायको पेशा नै संकटमा पर्यो । पानी अस्वस्थ भयो । माछा र जलीय जैविक विविधतामा असर पर्यो । यहि अवस्थालाई बुझेर गाउँपालिकाले करेन्ट लगाएर, विषादी हालेर वा बम हानेर माछा मार्न रोक लगाएपछि आफूहरुलाई केही राहत मिलेको स्थानीय माझी समुदायले बताएका छन् ।


गाउँपालिकाले माछा संरक्षणका लागि २ वटा माझी समुह गठन गरेको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र मार्फत चलेका पानी परियोजना मार्फत ऐरावती गाउँपालिकामा माझी समुह गठन गरेको केन्द्रका प्रवेश कक्षपतिले बताए । उनले भने,‘ जुडा माझी समुह र रकसा माझी समुह गठन गरि माछाको संरक्षण भएको छ ।’ संस्थाले ५ महिना देखि संरक्षण गर्दै आएको छ । गाउँपालिकामा माछा संरक्षण, माछामा आश्रित समुदायको संरक्षण गर्न पानी परियोजना अगाडी वढेको जलाधार क्षेत्रका विशेषज्ञ भास्कर चौधरीले बताए ।

माछा संरक्षणमा महिला समुह अग्रसर

माछा संरक्षणका लागि महिला संरक्षण अगाडी देखिएको छ । गाउँपालिका क्षेत्रभित्र रहेको वडा नं. १ र २ वडा भित्र पर्ने झिमरुक जलाधार क्षेत्रमा माछा संरक्षण गर्न विजयलक्ष्मी आमा स्वास्थ्य समुह अगाडी वढेको छ । पहिले बम, युपिएस हानेर माछा मारिन्थ्यो स्थानिय सिमा घर्तिले भने, ,‘बोम, युपिएस हानेर माछा मार्न रोक लगाएका छौ ।’ जिल्लासँगै छिमेकी जिल्ला अर्घाखाँचीबाट माछा मार्न आउथे, अहिले समुहले माछा मार्न दिएका छैनौ उनले भने । दैनिक रुपमा जालले माछा मार्ने माझीलाई यस परिययोजना, गाउँपालिका, आमासमुहले सहयोग गरेको उनले बताए ।

  • २२ आश्विन २०७५, सोमबार १७:३४ प्रकाशित
  • Nabintech