२६ बैशाख २०८१, बुधबार
विद्युतिकणसँग जोडिदै बाँकेको राप्तीपारी !
  • काँचुली खबर

बाँकेको राप्तीसोनारीस्थित कुसुमका स्थानियहरुले विद्युत्तको उपभोग गर्न पाउने भएका छन । सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामिण विद्युतिकरण अन्तर्गत विद्युत विस्तार गरिएको छ ।
सामुदायिक ग्रामिण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी गाँउपालिकाको खासकुश्मा कुसुममा स्थापना गरिएको सवस्टेशनको उद्घाटन गर्न वर्तमान सरकारका सिचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ बाँके आउने भएका छन ।
भोली अशोज २३ गते मन्त्री पुनले सवस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको बाँके निर्वाचन क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले जानकारी दिए ।
राप्तीपारीका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा खासकुश्माको कुसुममा सवस्टेशन स्थापना गरिएको बताउँदै साँसद अथकले त्यस खासकुश्मामा पहिलो पटक बत्ती बाल्न लागिएको बताए ।
यसैबिच विद्युतिकरण कार्यक्रमको पूर्वसन्ध्यामा आईतबार कुशुम बजारमा बत्ति बालेर परिक्षण गरिएको छ । संघिय साँसद अथकको उपस्थितीमा बिजुली बत्तिको परिक्षण गरिएको साँसदका स्वकिय सचिव शिव सुनारले जानकारी दिए ।
राप्तीपारीका बिभिन्न क्षेत्रमा विद्युत विस्तारकालागि यस क्षेत्रका संघिय साँसद अथक र ५ नं. प्रदेशका साँसद कृष्णा केसी नमुनाले पहल गर्दै आएका छन ।

  • २२ आश्विन २०७५, सोमबार १४:५७ प्रकाशित
  • Nabintech