२३ बैशाख २०८१, आईतवार
अखिल (छैठौं) बाँकेको अध्यक्षमा चन्द निर्वाचित
  • काँचुली खबर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौ) बाँकेको २० औं जिल्ला सम्मेलन भव्यका साथ सम्पन्न भएको छ । २० औं जिल्ला सम्मेलनबाट नवराज चन्दको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा माधव रिजाल, सचिवमा राजु चौधरी, कोषाध्यक्षमा विपिन धामि र सह-सचिवमा सुनिल चौधरी लगायतको नयाँ कार्यसमिति चयन भएको हो ।
त्यस्तै सदस्यहरुमा रन्जना क्षेत्री, भुपेन्द्र जैसी, कमल शाही, तमन्ना पुन, रोशन शाही, करण थारु, दिपेश बुढाथोकी, कल्पना केसी, सुभाष दर्लामि र अर्जुन कुमाल चयन भएको बागेश्वरी बहुमुखी क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौ) का कोषाध्यक्ष काली बहादुर डाँगीले जानकारी दिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(छैठौ) का केन्द्रीय उपाध्यक्ष हस्तराज रेग्मीले उद्घाटन गरको उक्त सम्मेलनमा बोल्दै रेग्मील शैक्षिक स्तरमा व्यापारिकरण सामाजिक विकृति र संघियता विरुद्ध आफुहरुले बिगतदेखि नै आन्दोलन गर्दै आएको बताए । वर्तमान परिस्थितिमा नेपालमा व्यवहारीक शिक्षा आवश्यक भएकाले बताउादै रेग्मीले भने, ‘सानो आगोको झिल्कोले पनि सबै सखाप गरे जस्तै हामी सानो आकारमा भएपनि नेपालको विकास र समृद्धिका निम्ती महत्वपूर्ण कदम चाल्न सक्षम छौं ।’
त्यस्तै कार्यक्रममा अखिल नेपाल शिक्षक संघका सल्लाहकार हरी आचार्य, अखिल नेपालका पूर्व बाँके जिल्ला अध्यक्ष सरद लामिछाने, युवक संघ बाँकेका अध्यक्ष भरत खड्का, अखिल नेपाल (छैठौ) का सुर्खेत जिल्ला अध्यक्ष हरी बहादुर बुढा लगायतकोे उपस्थित रहेको थियो ।

  • २० आश्विन २०७५, शनिबार १९:४७ प्रकाशित
  • Nabintech