२३ बैशाख २०८१, आईतवार
कक्षा ११ को परीक्षाफल प्रकाशित, नतिजा यहाँ हेरौं !
  • काँचुली खबर

राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या एक हजार एक सय १५ विद्यार्थी छ।

त्यस्तै जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जीपीए २.८१ देखि जीपीए ३.२० सम्म ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्।

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् ।

जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।

गएका वर्षहरुमाभन्दा यो वर्ष चाँडै नतिजा सार्वजनिक गरेको परीक्षा बोर्डको दावी छ ।

नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np  र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

  • २० आश्विन २०७५, शनिबार १९:३४ प्रकाशित
  • Nabintech