२३ बैशाख २०८१, आईतवार
अखिल छैठौको प्युठान जिल्ला अध्यक्षमा विक
  • काँचुली खबर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) को प्युठान जिल्ला अध्यक्षमा चोपलाल विक सर्वसम्मत चयन भएका छन् । शैक्षिक, व्यपारिकरण, सामाजिक विकृति र संघियताका विरुद्ध हाम्रो आन्दोलन, सर्वसुलभ र व्यवहारिक शिक्षाको पक्षमा १८ औँ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ शुक्रबार जिल्लाको पुण्यखोलामा गरिएको जिल्ला सम्मेलनले विकको अध्यक्षतामा २५ सदस्यिय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सरस्वता सुनार, सचिव सरोज न्यौपाने, सहसचिव भावना जिसी, कोषाध्यक्ष जगत विक लगाएतका २१ र २ पूर्ण तथा २ बैकल्पिक गरि २५ सदस्यिय समिति चयन गरिएको नवनिर्वाचित सचिव सरोज न्यौपानेले जानकारी दिए ।
अखिल छैठौका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ५ का ईन्चार्ज देवेन्द्र कुवरले १८ औँ जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दैउनले नेपाली विद्यार्थी आन्दोलनलाई अखिल छैठौसँगै अरु विद्यार्थी संगठनले पनि सहयोग गर्नुपर्ने बताए । अहिलेको शिक्षा वैज्ञानिक र व्यवहारिक छैन् । उनले भने, ‘कमन्युष्ट्रको सरकार आएपनि शिक्षा लाई हेर्ने दृष्ट्रिकोण सानो छ ।’ विद्यार्थीले आफ्ना हकअधिकार बचाउनका लागि विद्यार्थी आफैमा क्रियाशिल हुनुपर्ने उनले बताए । उनले भने, ‘अखिल छैठौले सर्वसुलभ शिक्षाकालागि लगातार वकालत गर्दै आएको छ ।’ अखिल छैठौले धेरै जिल्लामा जिल्ला सम्मेलन गरिसकेको र अब राष्ट्रिय सम्मेलन पनि गर्ने योजना बनाएको केन्द्रिय उपाध्यक्ष कुँवरले जानकारी दिए ।

  • २० आश्विन २०७५, शनिबार १५:१६ प्रकाशित
  • Nabintech