२६ बैशाख २०८१, बुधबार
दशै तिहार नजिकिएसँगै प्युठानमा सडक मर्मत कार्य तिब्र
  • काँचुली खबर

प्युठानमा ग्रामिण कच्ची सडकको मर्मत गर्न थालिएको छ।
हिन्दुहरुको महान पर्व दसैं, तिहार नजिकिएसँगै जिल्लाका अधिकाशँ स्थानिय तहले ग्रामीण कच्ची सडक मर्मतसंभार गर्न थालेका हुन। बर्षे पानीले बिगारेका कच्ची सडकहरुको मर्मत थालिएको हो। दशै अघि नै मोटरवाटोको मर्मत कार्य सक्ने गरि स्थानिय तहले काम अघि बढाएका छन। बर्षामा बिग्रेका सडक दसैं अघि नै सहज रुपमा सञ्चालनका लागि मर्मत गर्न लागेको झिमरुक गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी दिए ।
वर्षायाममा गाउँपालिकाका अबरुद्ध ढाड-तुषारा मोटरबाटो, ढाड-गब्डि टिमुरचौर मोटरबाटो, मजुवा दहखोला गोयलछेडी अर्घाखाँची सडक, मच्छी सौतामारे सडक, मच्छी चुदारा मर्कावाङ सडकको मर्मत कार्य बुधबारबाट सुरु भएको छ ।

यस्तै अन्य साना रुटका टोलबस्तिका सबै सडक दसैं अगावै सडक मर्मत गरि आगमन सुचारू गरिने प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिए।  प्युठानका दुई नगरपालिका र सात गाउपालिका गरि नौ वटै स्थानिय तहमा सडक सुधारको कामले गति लिएको छ । वर्षात सकिय संगै चाडपर्व लाई लक्ष्यित गरेर सबै स्थानीय तहले वर्षाले अबरुद्ध ग्रामीण सडक मर्मत कार्यलाई तिब्रता दिएको बताएका छन ।
सडक बन्द हुदाँ दैनिक उपभोग्य समाग्री ढुवानीमा समस्या भएको स्थानीय सिते नेपालिले बताए । उनले भने ‘सडक वर्षातको बाढीपहिरोबाट अबरुद्ध हुदा दैनिक उपभोग्य बस्तु ढाडमा बोकेर २,४ घन्टा हिड्नु पर्छ ।’ त्यस्तै गाँउपालिकाको कार्यालयबाट अन्य कामको सेवा लिन समेत ३,४ घण्टाको पैदलमै स्थानीय गन्तव्यमा पुग्ने गरेका छन । सडक मर्मतसँगै यात्रा सहज हुने अपेक्षा गरियको स्थानीयले बताएका छन ।

  • २० आश्विन २०७५, शनिबार १५:११ प्रकाशित
  • Nabintech