२६ बैशाख २०८१, बुधबार
सहकारीमा पादर्शीता आवश्यक : कक्षपति
  • काँचुली खबर

बाँकेको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको औल्याएका छन् । खजुराको कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै प्रमुख कक्षपतिले आर्थिक क्रियाकलाप पादर्शी हुनु पर्ने औल्याएका हुन् । उनले बहुउद्देशीय सहकारीले कृषि गतिविधि संचालन गर्न पाउने भएकाले कृषि गतिविधिमार्फत किसानको जीवनस्तर उकास्ने काममा जुट्न आग्रह समेत गरे ।

खजुरा गाउँपालिका क्षेत्रभित्र संचालित सबै सहकारीहरुलाई गाउँपालिकाको अभियानमा सहकार्य गर्न आग्रह गर्दै प्रमुख कक्षपतिले महिलाहरु सहभागी कालिका सहकारीको गतिविधिले आफु हर्षित भएको उल्लेख गरे । उनले निर्वाचित जनप्रतिनिधिहरुले कामको शिलशिलामा कहि कतै भ्रष्टाचार र अनियमितता भएको पाइएमा तत्काल खबरदारी गर्न सहकारीमा आवद्ध महिलाहरुलाई आग्रह गरे । ३१९ महिला सदस्य रहेको उक्त कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करुणा थापाको अध्यक्षतामा भएको कार्यक्रममा मैना शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । सहकारीले यो आर्थिक वर्षमा १ करोड ३१ लाख ३६ हजार ५३ रुपैयाँ लगानी गरेको जनाएको छ ।

  • २० आश्विन २०७५, शनिबार १५:०६ प्रकाशित
  • Nabintech