२३ बैशाख २०८१, आईतवार
एमआई मोवाईलको नयाँ मोडलको नेपालगन्जमा बिक्रि सुरु
  • काँचुली खबर

नेपालगन्ज- एमआई मोबाईलका बिभिन्न मोडेलहरु नेपालगन्जमा लन्च गरिएको छ । बाँके र बर्दियाका लागि उक्त मोवाईलको आधिकारिक बिक्रेता ओली ट्रेड लिंकले नयाँ ब्राण्डको मोवाईल बजारमा ल्याएको हो । नयाँ फिचर सहितको आर्कषक ती मोवाईलहरु १३ हजार मुल्यदेखि ३१ हजारसम्म कायम गरिएको छ ।
बिहिबार एक कार्यक्रमका बिच एमआई मोबाईलका चर नयाँ मोडेल लन्च गरिएको छ । जसअनुसार ए टुु मोडलको मुल्य ३१ ह्जार कायम गरिएको छ भने ए टु लाईट ६४ जिबीको मुल्य २४ हजार ५ सय छ । त्यस्तै थ्रिजी ३२ जिबीको मुल्य १९ हजार ५ सय र रेडमी सिक्स ए को मुल्य १३ हजार कायम गरिएको ओली ट्रेड लिंकका प्रमुख चिरन्जीवी ओलीले बताए । एमआई मोवाईल भारतको नम्बर एक मोवाईलको ब्राण्ड हो । नयाँ मोडल लन्च कार्यक्रममा टेली डाईरेक्ट प्रालिका एरिया सेल्स म्यानेजर जीवन अधिकारी लगायत सहभागि थिए ।

  • १८ आश्विन २०७५, बिहीबार १२:२९ प्रकाशित
  • Nabintech