१ जेष्ठ २०८१, मंगलवार
दाेषि पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा बन्दकाे अाह्वान
  • काँचुली खबर

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै आह्वान गरिएको बन्दका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग लगायत खुलेका छैनन् । यातायात पनि ठप्प छ ।

पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द आह्वान गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

संघले बन्दको अवज्ञा गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको गाडीमा पनि तोडफोड गरेको छ । बन्दकर्ता युवाले बा २ झ २७१५ नम्बरको कार्यालयको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको हो । उनीहरूले स्थानीय एसटीएस टेलिभिजनको क्यामेरा समेत फुटाएका छन् ।

उनीहरूले सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रप्रकाश जोशीलाई समेत कुटपिट गरेको जनाइएको छ ।

  • १६ आश्विन २०७५, मंगलवार १३:४६ प्रकाशित
  • Nabintech