१५ बैशाख २०८१, शनिबार
नेपालगञ्ज ब्युझिदा निद्रा मै कोहलपुर !
  • काँचुली खबर

नेपालगञ्जले सडक मर्मत्रस्त्तरोन्नती, खेल मैदान तथा भबन निर्माण कार्यसँगै फुटपात ब्यबस्थापन गरि सक्दा पनि कोहलपुर नगरपालिकाले भने एकाध काम बाहेक जनस्तरमा देखिने गरि कुनै काम सम्पन्न गर्न सकेको छैन ।
ुनेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपात पसल तथा ठेला हटाउने अभियान तिब्र गतीमा जारी राखेको छ कोहलपुर नगरपालिकाको फुटपात निर्बाध रुपमा प्रयोग गर्न सक्ने बनाउन तर्फ कुनै चासो दिन सकेको छैन यो उदासिनताको प्राकाष्टा होु नेपाल पत्रकार महासंघ बाँकेका सदस्य एवं उद्यमी शंकर असान्त भन्छन ।
सडक छेउमा सडक अतिक्रमण गरि ठेला राख्ने कार्यमा केहि कमि आएको भएता पनि छरपस्ट रुपमा फुटपातमा गिट्टि, बालुवा, इटा र मोरङ्ग राखिदा पैदल मार्गको रुपमा रहेको फुटपात प्राय ठप्प हुने गरेको छ ।
सडक अतिक्रमण गरी यसरी निर्माण सामाग्रि मात्र हैन निजि तथा सार्वजनिक सवारी साधन पनि फुटपातमै पार्किङ्ग गरी राख्ने परिपाटिको बिकास अहिले कोहलपुरमा हाबि हुदै गएको छ ।
पार्किङ्ग गरिएका सवारी साधन र निर्माण सामाग्रिले गर्दा पैदल यात्रुलाई आवत-जावत गर्न असहज भएको मात्र नभई ग्राहकलाई पसलसम्म आउन र नीजहरुले प्रयोग गरेको सवारी साधन राख्न अप्ठयारो भएको छ जस्का कारण ब्यापार हुन सकेको छैन ग्राहक अन्तै जान बाध्य छन पुजा इलेक्ट्रोनिक्सका सहायक प्रोप्राइटर दिपक शर्मा दुखेसो पोख्छन ।
फुटपातलाई निजि प्रयोजनका लागी प्रयोग गरेको भन्दै वडा नं। ११ ले यस अघि प्रर्चा पम्पलेट गर्दै सुचना जारी गरेको भएपनि जारी सुचना अटेर गरेकाले अब एक्सनमा जान बाध्य भएको वडा अध्यक्ष कर्ण बहादुर थापा भने ।
कोहलपुर नगरपालिकालाई कुरुप र असफल पार्ने दूस्प्रयास भएको छ फुटपात ओगटेकालाई हटाउन खोजे ‘तेरो के जान्छ र’ भन्दै वडा कार्यालय घेर्न आउने गरेको प्रति इंगित गर्दै वडा अध्यक्ष थापाले प्राइभेट तथा सार्बजनिक सवारी साधन, अटो सिक्सालाई पहिलो चरण माइकिङ गरि सुचना दिने अटेर गरे पुलिस प्रशासन लगाएर भएपनि फुटपात खालि गरिने बताए ।
नगरपालिकाको ट्रेक्टर, टिप्पर ल्याएर साधन र सामाग्रि नै फिर्ता नहुने गरि जफत गरि फुटपात खालि गराउछौं थापाले भने । फुटपातमा हुने जताभाबि पार्किङ्गले दुर्घटना निम्तिने मात्र हैन हेर्दा समेत स्वच्छ र सफा देखिदैन पर्याबरणिय दृष्टिकोणले समेत यो राम्रो शोभा हैन राप्रपा नेपालका केन्द्रिय सदस्य हिक्मत बहादुर ढकाल बताउँछन ।
उन्ले फुटपात खालि राख्ने पहिलो दायित्व उद्योगी, ब्यापारी र ब्यबसायीको रहेको भन्दै ढकालले जेब्रा क्रसिङ्गमा समेत पार्किङ्ग गरि राख्ने र अटेर गर्ने सवारी धनिलाई ट्राफिक प्रहरीले पनि निगरानिमा राख्नुपर्ने बताए । मुख्य सडक छेउछाउमा कुनै प्रकारको अबरोध हुनु हुदैन फुटपात प्रयोग गर्ने कस्तो बिडम्बना हो यसतर्फ सरोकारवाला सबैको चासो बढनुपर्छ ढकालले भने ।

कोहलपुर चौराहादेखि त्रिभुवन मा.बि. सम्म फुटपातमा बस, जिप, निजि कार पार्किङ्ग गरि बाटो अबरोध गरेको प्रश्ट देखिन्छ ट्राफिक प्रहरी यो सडकमा सयौं पटक ओहरदोहर गर्छ तर कुनै सचेत बनाएको देखिदैन स्थानिय बसन्त जैसि बताउछन । कहाबाट पैसा झर्छ ट्राफिकको आ“खा उतै हुन्छ एक स्थानियले भने ।
हाइस्कुल नजिक पुर्बतर्फ प्रायस् फुटपातमा पार्किङ्ग हुने सार्बजनिक यातायातको साधन बस ना ५ ख ८९४०, पश्चिम तर्फ ना५ ख २५५३ र ९८० त्यसैगरी बालबिद्या स्कुल चोक भे १ ख १९९७, चौलागाई स्टोर्स नजिक प्रायस् पार्किङ्ग हुने ना ५ ख १४३३, लम्साल नास्ता पसल अगाडि पार्किङ्ग हुने ना५ख १६८३ तथा कौशिल्या पोलिक्लिनिक अगाडि पार्किङ्ग हुने एकै मालिकका क्रमश ना ७ ख ६७४, ना४ख ४४७० र ना ५ ख ६७० नम्बरका बसहरु रहेका छन ।

यी सवारी साधनले फुटपात ओगटेर बस्दा बाटो हिडने बटुवा र साइकिल यात्रिले सास्ति खेप्नु परेको मात्र छैन आफनो निजि सवारी साधन घर लैजान र ल्याउन कठिन हुने गरेको र एम्बुलेन्सबाट बिरामी ओराल्न समेत असहज हुने गरेको कौशिल्या पोलिक्निकका प्रबन्ध निर्देशक राम प्रसाद शर्मा बताउछन । कानुनको पालना गराउने मुख्य दायित्व नगरपालिका, वडा र नगर बिकास समितीको हो बाटो क्लियर हुनुपर्छ न्यौपाने थप्छन ।

 

स्रोत : खबरQuick.com

  • १५ आश्विन २०७५, सोमबार १४:०८ प्रकाशित
  • Nabintech