१५ बैशाख २०८१, शनिबार
पप्पुको बदमासी : सिक्टाको काम ७ प्रतिशतमै सिमित
  • काँचुली खबर

नेपालगञ्जमा फोरलेन सडक निर्माणको काम सन्तोषजनक नभएको भन्दै अन्तिम भुक्तानी नपाएको पप्पु कन्स्ट्रक्सनले सिक्टा सिंचाई आयोजनामा समेत बदमासी गरेको छ ।
काम सम्पन्न गर्नुपर्ने अवधी आउँदो असोज २४ गते सम्पन्न हुँदैछ । अहिलेसम्म झण्डै ७ प्रतिशत मात्रै काम भएको सिक्टा सिंचाई आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशबहादुर कार्कीले जानकारी दिए ।

सम्झौता अनुसार ९८ करोड ८१ लाख १८ हजार रुपैयाँको लागत रहेकोमा पप्पुले आठ करोड रुपैयाँ परिचालन खर्च पाइसकेको छ । जम्मा लगानीमा साउदी कोषको लगानी ४५ प्रतिशत रहेको छ ।

सिक्टा सिंचाई आयोजनाले छिटो निर्माण गर्न भनेर यसअघि दुईपटक सार्वजनिक सूचना समेत जारी गरिसकेको छ, । प्रगति सन्तोषजनक नभए पनि सिंचाई विभागसँग राय माग गरिएको छ ।

पप्पु कन्स्ट्रक्सनले चटारदेखि गनापुरसम्म नहर फराकिलो बनाउने र मन्नापुरसम्म लाइनिङ्गको काम गरेको छ । डुडुवा नहर डुडुवादेखि हिरमिनियाको बेहा नालासम्म २३.२ किलोमिटर लामो निर्माण गर्नुपर्ने हुन्छ ।

 

स्रोत : लोकप्रिय

  • १४ आश्विन २०७५, आईतवार २१:२० प्रकाशित
  • Nabintech