१७ बैशाख २०८१, सोमबार
मिडिया नेपाल बाँकेका अध्यक्ष चौधरी नेकपामा प्रवेश
  • काँचुली खबर

मिडिया नेपाल बाकेका अध्यक्ष हेमन्त चौधरी नेकपामा प्रवेश गरेका छन । राप्रपा निकट मिडिया नेपाल बाकेका अध्यक्ष चौधरीलाई आईतबार एक कार्यक्रमकाबिच संघिय साँसद महेश्वर गहतराज अथकले नेकपामा प्रवेश गराएका हुन ।
पार्टी प्रवेश गर्दै चौधरीले आफुलाई कुनै लोभलालच नभएको र नेकपा निमार्णको महान् अभियानमा लामवद्ध हुन आफु पुनः आफ्नै घर फर्केको बताए ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा संघिय साँसद महेश्वर गहतराज अथकले सामन्तवाद र विस्तारवादका प्रभावहरुको सामना गर्न र सुदृढ राष्ट्रवाद निर्माणकालागि फुटेर होईन् जुटेर अघि बढ्नुपर्ने बताए ।
नेकपाका नेता सुर्य ढकालले क्रान्तीकालागि देशभरका क्रान्तीकारीहरुलाई एकजुट हुन आह्वान गरे ।
प्रेस चौतारी र प्रेस सेन्टर बाँकेद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. ५ का सदस्य शिव सुनार, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिक, प्रेस सेन्टर बाँकेका उपाध्यक्ष केशव रानालगायत नेकपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • १४ आश्विन २०७५, आईतवार १८:३७ प्रकाशित
  • Nabintech