१७ बैशाख २०८१, सोमबार
साँसद अथकले बाँडे नि:शुल्क शैक्षिक सामाग्री
  • काँचुली खबर

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा साँसद महेश्वर गहतराज अथकले गरिविका कारण विध्यालय छाड्न बाध्य भएका १६ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन । नेपालगन्जस्थित कारकाँदोमा बस्दै अाएका १६ जना बालबालिकाहरुलाई ब्याग, स्कुल ड्रेस र खेलकुद सामाग्रीहरु बितरण गरिएकाे साँसदका सचिवालय प्रमुख शिव सुनारले जानकारि दिए ।

हाल बैकल्पिक सिकाई केन्द्रमा अध्ययन गर्दै अाईरहेका वालवालिकाहरूलाई साँसद अथकले अाफ्नै लगानिमा शैक्षिक सामाग्री वितरण गरेका हुन । शैक्षिक सामाग्री बितरण कार्यक्रममा बाेल्दै साँसद अथकले वालवालिकाहरू भविष्यका कार्णधार भएकाले उनिहरूकाे पढ्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताए । राज्यका हरेक बालबालिकाकाे शिक्षामा सहज पहुँच हुनुपर्नेमा साँसद अथकले जाेड दिएका थिए ।

  • १३ आश्विन २०७५, शनिबार ०८:३७ प्रकाशित
  • Nabintech