बाँकेको गाभरबाट २ थान चितुवाको छालासहित दुई ब्यक्ति पक्राउ परेका छन । प्रदेश ५ अनुसन्धान ब्यूरोको टोलीले अबैध रुपमा लुकाई राखिएको अवस्थामा २ थान चितुवाको छाला सहित २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
विशेष सुचनाको आधारमा बाँकेको बैजनाथ गाँउपालिका-१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका बस्ने चन्दन वादी (नेपाली) र सोही ठाँउका कृष्ण वादीलाई नियन्त्रणमा लिईएको प्रदेश ५ अनुसन्धान ब्यूरोका प्रहरी निरिक्षक देबीप्रसाद पौडेलले जानकारी दिए ।
अबैध छाला सहित पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको निरिक्षक पौडेलले बताए ।
११ आश्विन २०७५, बिहीबार २१:३२ प्रकाशित