जमुनाह नाकामा हेल्प डेक्स संचालन
  • काँचुली खबर

नजिकिदैं गरेको चाडपर्वलाई मध्यनजर गर्दै बाँकेको जमुनाह नाकामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । बुधबारबाट संचालनमा आएको हेल्प डेक्सले भारतबाट नेपालतर्फ फर्कने नेपालीहरुलाई सहजता प्रदान गर्ने उद्धेश्य राखिएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकरी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले एक कार्यक्रमका बिच उक्त हेल्प डेक्स (नागरिक सहायता कक्ष) को उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बाँकेका ३ वटै सुरक्षा निकायका प्रमुख तथा भारतीय सुरक्षा निकायका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
हेल्प डेक्ससँगै सशस्त्र प्रहरी बल (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ४० नं. गुल्मले समेत यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ ।

  • ११ आश्विन २०७५, बिहीबार १९:०३ प्रकाशित
  • Nabintech