ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको वर्तमान दुई वटै कार्यसमिति बिघटन हुने भएका छन । बिगत लामो समयदेखि विवादमा मुछिदै आएको उक्त पुस्तकालयमा गठित दुबै कार्यसमिति अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले बिघटन गर्न निर्देशन दिएको हो ।
पुस्तकालयले आप्mनो १७ औं साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास गरेको थियो । यद्यपी आवश्यक सदस्य सँख्या नपुगेपछि साधारणसभाको बन्दशत्र स्थगित गरिएको थियो । त्यसको केही दिनपछि पुस्तकालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरि निर्वाचन प्रक्रियालाई अगाडी बढाएको थियो ।
स्थगित गरिएको बन्दशत्र पुनः संचालन गरिनुपर्नेमा त्यसो नगरिएको र अबैधानिक रुपमा १ सय ३५ जनालाई सदस्यता वितरण गरिएको भन्दै पुस्तकालयमा पुनः विवाद सृजना भएपछि भदौ ३ गते भूमिगत रुपमै चेतकान्त भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
त्यसको केही समयपछि जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रलाई आधार मान्दै भदौ ३१ गते आयोजित साधारणसभाबाट पुस्तकालयका पुर्व अध्यक्ष हरिभक्त अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।
यसअघि चेतकान्त भट्टराईको नेतृत्वमा गठित कार्यसमिति अबैधानिक भएको भन्दै पुस्तकालयका आविजन सदस्य तेज प्रसाद चापागाँईले उक्त कार्यसमिति रद्ध गरी पाँउ भनि जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले दुबै कार्यसमितिलाई अबैधानिक ठहर गर्दै पुरानै कार्यसमितिलाई यथावत राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
लिलबहादुर रानाको नेतृत्वमा रहेको साविककै कार्यसमितिबाट आवश्यक निर्णय गराई ज्ञानोदय सामुदायिक पुस्तकालयको साधारण सभा तगायतका निर्वाचन सम्बन्धि कार्य संचालन गर्न निर्देशन दिएको पुस्तकालयका अध्यक्ष लिलबहादुर रानाले जानकारी दिए । साथै कार्यसमितिको निर्णय विना सदस्यता वितरण गरिएको भन्दै निल्ला प्रशासन कार्यालयले १ सय ३५ सदस्यहरुको सदस्यता समेत खारेज गरिएको रानाले बताए ।
यसबारे बुभ्mदा पुस्तकालयका सचिव विष्णु वेल्वासेले जिल्ला प्रशनसन कार्यालयको निर्देशनलाई स्वीकर गर्दै सर्वपक्षिय/सर्वमान्य हुनेगरी नयाँ ढंगले साधारणसभा तथा निर्वाचन प्रक्रिया अगाडी बढाईने बताए ।
११ आश्विन २०७५, बिहीबार १७:५७ प्रकाशित