साँसद अथकको निर्देशन, ‘देखिने गरि काम गर्नुहोस’ !
  • काँचुली खबर

बाँके निर्वाचन क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजलाई अहिले भ्याईनभ्याई छ । केही दिनको बिदालाई सदुपयोग गर्दै आफ्नो निर्वाचन क्षेत्र फर्किएका प्रतिनिधी सभा सदस्य अथक प्रायः आफ्नो मतदाताहरुको गुनासो सुन्दै गरेको अवस्थामा भेटिन्छन ।
बाँकेकै विकट क्षेत्रका रुपमा हेरिन बघौडा क्षेत्रलाई विशेष चासोका साथ आफ्नो प्राथमिकतामा राखेको बताउँदै साँसद अथकले भने, ‘जिल्लामा हुने हरेक विकास सम्बन्धि गतिविधिहरुलाई उच्च निगरानीमा राखी आवश्यक सहयोग गर्न प्रतिवद्ध भएर लागेको छु ।’
यसैबिच आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्न आएका प्रतिनिधी सभा सदस्य अथकले जनताले प्रत्यक्ष महशुस गर्ने गरी विकास निर्माणका गतिविधिहरु संचालन गर्न विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन ।

अथकले जिल्लाको समग्र बिकासका बारेमा जिल्ला प्रशासन कार्यालय नेपालगन्जमा सरकारी कार्यालय प्रमुखहरुसँग छलफलका क्रममा उक्त निर्देशन दिएका हुन । बैठकमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख, जिल्ला बन कार्यालयका प्रमुख, सडक कार्यालय प्रमुख, बिद्युत प्राधिकरण र हुलाकी सडक कार्यालय प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
त्यसक्रममा साँसद अथकले राप्तिको कोहलपुर-धामपुर ३३ केबि बिद्युत लाईन प्रशारण, कोहलपुर नगरपालिका भित्र थप बिद्युत लाईन बिस्तार ग्रामीण बिधुत प्रशारण लाईन कुशुम, सिक्टा सिचाइको पछिल्लो कामकारबाही, हुलाकी सडक, राप्ती नदीको दुैबै तर्फको तटबन्धन लगाएत बाँके जिल्लामा भईरहेको समग्र बिकास निर्माणका कामलाई छिटोभन्दा छिटो सक्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।

  • १० आश्विन २०७५, बुधबार १४:५० प्रकाशित
  • Nabintech