स्कुल बस दुर्घटना अपडेट : गम्भीर घाईतेलाई नेपालगन्ज लगियो
  • काँचुली खबर

तुलसीपुरमा सोमबार साझ भएको स्कुल बस दुर्घटनाका घाईतहरुको उपचारमा कुने कमी नराख्न दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले निर्देशन दिएका छन । उपचारमा खटिएका चिकीत्सकलाई फोन सम्पर्क गरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उपचारकाा कुनै कमी नगर्न निर्देशन दिएका हुन ।

सहीदमार्गको अवस्था बुझन घोराही हुदै रोल्पाको होलेरी पुगेका श्रेष्ठले दुर्घटनाको वारे खबर आए लगत्तै आफुले चासोका साथ सबै निकायलाई आफ्नो कर्तब्य राम्रोसँग निर्वाह गर्न निर्देशन दिएको श्रेष्ठले बताए ।
सोमबार बेलुका स्कुल बस दुर्घटना हुँदा दाङको तुलसीपुरमा २४ जना घाइते भएका छन् । तुलसीपुर घोराही सडक खण्डअन्तर्गत तुलसीपुर-६ हात्तीखौवा कल्भर्ड नजिकै स्कुल वस दुर्घटना हुँदा चालक सहित २४ जना विद्यार्थी घाइते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चालक तुलसीपुर–११ का तिलक डिसी र विद्यार्थी तुलसीपुर-१८ का ९ वर्षिय दिपेश केसी गम्भीर घाइते भएका छन। डिएसपि प्रकाश सापकोटाले गम्भीर घाइते दुवैलाई थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको जानकारी दिए ।

अन्य २२ जना विद्यार्थीहरुको अवस्था भने सामान्य रहेको जनाइएको छ । तुलसीपुर-६ वरुवागाउँमा रहेको गोरखा माध्यमिक विद्यालयको रा १ क १९९ नम्वरको बस विद्यार्थीलाई लिएर छाड्न जाने क्रममा सोमबार बेलुकी ५ वजेतिर दुर्घटनामा परेको थियो ।

  • ८ आश्विन २०७५, सोमबार २२:३२ प्रकाशित
  • Nabintech