कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार यस क्षेत्रकै वरिष्ठ पत्रकार भीम रावत सम्मानित भएका छन् । संविधान दिवस २०७५ को अवसरमा नेपालको संविधान, यसको मर्म, भावना र यसले प्रत्याभूत गरेका नागरिक अधिकारको बारेमा अन्तरनिहित रही स्थानीय पत्रिकामा उत्कृष्ट स्तम्भ लेखेकोमा नगरस्तरीय संविधान दिवस समारोह समितिका संयोजक एवं कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले उनलाई रु ५ हजार नगद र प्रशंसा प्रत्र सहित सम्मान गरेका हुन । असोज २ र ३ गते स्थानीय पत्रिकाहरुमा प्रकाशि संविधान सम्बन्धी स्तम्भहरुमा रावत उत्कृष्ट स्तम्भकारको रुपमा सम्मानित भएका हुन ।
पत्रिकामा प्रकाशित स्तम्भहरुलाई अध्ययन गरी प्रकाशित गरिएको विषय र मापदण्ड भित्र रही साहित्यकार महानन्द ढकालले ती स्तम्भहरुको मुल्याङ्कन गरी त्यसको परिणाम सिलबन्दी गरी नगरस्तीय संविधान दिवस समारोह समितिका संयोजकलाई बुझाएका थिए । सो मुल्याङ्कनमा लेखक भीम रावत सबै भन्दा बढी अंक प्राप्त गरी उत्कृष्ट भएको नगरपालिकाले जानकारी गराएको छ ।
४ आश्विन २०७५, बिहीबार २०:५७ प्रकाशित