विविध कार्यक्रम गरि संविधान दिवस मनाईयो
  • काँचुली खबर

जानकी गाउँपालिका बाँकेले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
गाउँपालिका कार्यालय परिसरमा आयोजित संविधान दिवस समारोहलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले संविधान दिवसलाई सबैले पर्वका रुपमा मनन् गर्नु पर्ने बताए ।
‘हाम्रो संविधान उत्कृष्ट संविधान हो, त्यस्तो कमजोरी भएको छ भनेर भन्न सकिँदैन,’ यसको कार्यान्वयनका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्छ’ उनल भने, ‘संविधानले जनताका लागि आवश्यक सबै कुरा मौलिक हकका रुपमा स्थापित गरिदिएको छ ।’
संविधान जारी भएपछि संविधानमा उल्लेख भएको समावेशी, समानुपातिक प्रणाली लगायतका कुराले नेपालीलाई अवसर प्रदान गरेको बताउँदै अव विकास र समृद्धितर्फ सबै एकजुट हुनु पर्ने यादवले बताए ।
दिवसको अवसरमा गाउँपालिकाको प्राङ्गणमा सरसफाई समेत गरिएको छ । समारोहमा गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल, वडा अध्यक्षहरु, नेकपाका नेता पदम धिताल,रक्षाराम वर्मा लगायतले संविधान दिवसको शुभकामना दिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

  • ३ आश्विन २०७५, बुधबार २२:४३ प्रकाशित
  • Nabintech