गर्मिको महिना कतै थकान मार्नका लागी जुस खाने तैयारीमा हुनुहुन्छ भने अब होसीयार हुनुस । बन्द बट्टा भित्र प्याकिङ्ग भएर आएका सबै जुस पिउन लायक हुँदैनन । नेपालगन्जको एक नास्ता पसलमा डावर नेपाल प्रालीले उत्पादन गरेको रियल जुसको बट्टा भित्र कालो लेउ सहितको लेदो फेला परेको छ ।
गर्मी छल्न रियल जुस खानेक्रममा नेपालगञ्ज १८ का परमेश्वर डिसीले जुसको बट्टामा भएको कालो लेदो खाए । सामान्य ज्वरोको बिरामी रहेका डिसीले शुरुमा जुस खाँदा तितो भयो । शुरुमा त उनले बिश्वासै गरेनन । आफुले खाईरहेको रियल कम्पनीको जुसमा यती कालो लेदो होला भनेर । अतिनै तितो भएपछी उनले आफुले खाईरहेको जुसलाई खोलेर गिलासमा खन्याए । तर गिलासमा खनाउन नपाउँदै उनले जुसको अबस्था देखेर वान्ता गरे । रियल जुस खाएपछी उनले चार पटक सम्म बान्ता गरेको बताए । त्यती मात्रै होईन जुसका कारण पेट पोल्ने दुख्ने लगाएतका समस्या आएको उनले बताए ।
सामान्यता जुस उत्पादन गरेको मिति देखी ९ महिना सम्म पिउन लायक मानिन्छ । कालो लेदो भेटिएको रियल जुसको उत्पादन मिति अप्रिल २०१८ रहेको छ । बट्टामा लेखीएको मिति अनुसार जुस उत्पादन भएको जम्म ५ महिना मात्रै भएको छ । तर बजारमा गएको ५ महिनामै डावर नेपालले उत्पादन गरेको रियल जुसको अबस्था यस्तो छ । गिलासमा खन्याएको यो जुसको अबस्था हेर्दा देख्नेलाई त बान्ता आउला जस्तो हुन्छ भने आफैले पिएका डिसीको अबस्था कस्तो होला ? यस प्रकारका जुस उत्पादन गरेर बजारमा उपभोक्ता ठगी गर्ने कम्पनीहरु माथी राज्यले बिना कुनै हिचकिचाहट बन्द गर्नुपर्ने सर्बसाधारणहरुको माग छ ।
दसदिन अगाडी मात्रै रियल जुस लेक साईट तुँबा सेन्टरका सञ्चालकले किनेर ल्याएका थिए । तर कम्पनीको लापरबाहीका कारण आफनो समेत ब्यपार ब्यवसायमा असर परेको पसल सञ्चाकले बताए । यता डावर कम्पनीका आधिकारीक ब्याक्ति आलम शेखले यस बिषयमा जानकारी लिन खोज्दा आफु सुर्खेत रहेकोले केही भन्न नसकिने बताए । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले रियल जुसको नाममा लेदो पदार्थ मिसाउने कम्पनीलाई कारवाही हुनुपर्ने माग गरे । उनले सम्वद्ध निकायले यसका बारेमा तत्काल छानविन गर्नुपर्ने बताए ।
डावर रियल जुसमा भेटिएको कालो लेदो लागी खाध्य तथा गुण नियन्त्रण कार्यालयले लिएर गएको छ । तर त्यसको नतिजा कस्तो आउने हो हेर्न बाँकी छ । बन्द बट्टा भित्र जुसको नाममा कालो लेदो बेच्ने कम्पनीहरुका बिरुद्ध राज्य पनि गम्भिर भएर लाग्न जरुरी छ ।
३ आश्विन २०७५, बुधबार १६:३० प्रकाशित