असोज ३ लाई कालो दिनका रुपमा मनाउने राजपाको निर्णय
  • काँचुली खबर

राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने बताएका छन । सोमबार बाँकेका पत्रकारहरुसँग कुरा गर्दै महतोले संविधान संशोधन नभएसम्म संविधान दिवसलाई साझा उत्सवको रुपमा मनाउन नसकिने बताएका हुन ।
संविधान दिवसको दिनलाई आफुहरुले कालो दिनका रुपमा मनाउने तयारी गरिरहेको महतोले जानकारी दिए । राजपाको केन्द्रिय बैठकले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको र त्यसकालागि आफुहरु बाँके आएको महतोल बताए । यसअघि राजपा नेपालले नेपालको संविधान दिवसको दिन अर्थात असोज ३ गते कालो दिवस मनाउन प्रदेश नम्बर १, ५ र ७ मा जाने निर्णय गरेको थियो ।
त्यसकालागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रदेश २ को पर्सा पुगेका छन भने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अर्का सदस्य अनिल कुमार र्झा प्रदेश ५ को बाँके र बर्दिया तथा प्रदेश ७ का कैलाली र कञ्चनपुरमा खटिएका छन ।
केन्द्रिय निति अनुसार बाँके आएका महतोले संविधानमार्फत प्राप्त उपलब्धीको
रक्षा गर्दै संविधान संशोधन गर्नुपर्ने बताएका हुन । उनले संविधान दिवसमा सम्पूर्ण नेपालीले उत्सव मनाउने वाताबरण हुनुपर्ने भन्दै आफुहरुको माग पुरा भएमा भोली नै सरकारमा सहभागी हुन तयार भएको स्पष्ट पारे ।
संविधान संशोधन लगायतका आफुहरुका माग पुरा नभएकाले सरकारलाई दिएको समर्थनका विषयमा अब धेरै समय पर्खन नसकिने बताउँदै महतोले भने, ‘संविधान संशोधन तथा निर्वाचित सांसद रेशम चौधरीको मुद्धा फिर्ता नभएसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सकिदैन ।’

  • २ आश्विन २०७५, मंगलवार १५:१० प्रकाशित
  • Nabintech