‘बाँके स्कुल आईडल-२०७५’ को उपाधी पञ्चमुखी मावि कोहलपुरले उचालेको छ । शनिबार नेपालगन्जस्थित बाटिका होटलमा सम्पन्न ग्राण्ड फिनालेमा ९ वटा टिमलाई पछि पार्दै पञ्चमुखी माविले उपाधीमाथी कब्जा जमाएको हो ।
निकै कडा प्रतिस्पर्धाका बिच प्रथम स्थान हासिल गर्दै पञ्चमुखी माविले नगद रु. १ लाख १ हजार र ट्रफी हात पारेको छ । त्यसैगरी कोहलपुरकै वेष्टर्न मावि द्धितिय हुन सफल भएको छ भने कोहलपुरकै लिटिल एन्जल्स मावि तृतिय भएको छ । दोस्रो स्थान हासिल गर्दै वेष्टर्न मा.वि. ले ७१ हजार र तृतिय स्थानमा चित्त बुझाएको लिटिल एन्जल्स मा.वि. ले ५१ हजार नगद पुरस्कार सहित ट्रफि उचालेका छन ।
विजेता टिमलाई नेपालगन्ज उपमहानगरपालिकाकी उप-प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि उमा थापा मगरले पुरस्कार वितरण गरेकी थिईन । कार्यक्रममा बिभिन्न विधामा उत्कृष्ट ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा कलाकारीता क्षेत्रबाट कमल विके निर्मोही, शिक्षक तथा समाजसेवा क्षेत्रबाट किशोरराज मल्ल, राजनबहादुर राना मगर र पत्रकारीता क्षेत्रबाट संगिन शर्मालाई
पुरस्कृत गरिएको आयोजक मिडिया ल्याव प्रोडक्सन प्रा.लि. का अध्यक्ष भरत महतोले जानकारी दिए ।
‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ पहिलो पटक आयोजना गरिएको ‘बाँके स्कुल आइडल-२०७५’ को ग्राण्ड फिनाले भब्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रमलाई भब्य बनाउ नेपाली तारा २ का विजेता सन्तोष लामा नेपालगन्ज आएका थिए ।
कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएका लामाले आप्mना आधा दर्जन बढि चर्चित गितहरु गाएका थिए । उनले मोफसलमा यति ठुलो राशीको प्रतियोगिता हुनु आफैमा खुसीको कुरा भएको बताउँदै यसको निरन्तरताको कामना समेत गरेका थिए ।
३० भाद्र २०७५, शनिबार २३:१५ प्रकाशित