खयरको काठ सहितको ट्रक पक्राउ
  • काँचुली खबर

डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाटै अबैध रहेको आशंकामा खयरको गोलिया सहितको ना ३ ख २७५० नम्बरको ट्रकलाई  पक्राउ गरेको छ ।
स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी आफुहरुलाई जानकारी गराए पछि सो ट्रकलाई नियन्त्रणमा लिई सहायक बन अधिकृत नारायण पार्धेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको बाँकेका निमित्त डिभिजन बन अधिकृत गणेश खड्काले बताए ।
रानी सामुदायिक बन उपभोक्ता समुह कोहलपुर १० बाट लिलाम बढाबढ भै आएको उक्त काठलाई डिभिजन बन कार्यालय बाँकेले २०७५/४/१५ गते २१ दिने छोडपुर्जी दिएको थियो । छोडपुर्जी अनुसार खयर ४७१.८५ क्यु फुट, दबदबे ४४.५७ क्युफुट र दाउरा ८ चट्टा रहेको देखिन्छ । उक्त काठ दाउरालाई २१ दिन भित्र उठाई लैजान भनिए पनि सो समय सिमा भित्र उठाउन नसकी पुन: म्याद थप गरि पाउ भनी परेको निबेदनलाई ईलाका बन कार्यालय कोहलपुरका रेन्जर दिप बहादुर शाहीको सिफारीसमा बन कार्यालयले पुन : २०७५/५/१७ गते १० दिने समय सिमा तोकी म्याद थप गरेको थियो । सो म्याद भित्र गोलिया बाहेकको दाउरा मात्र उठेको थियो ।


‘स्थानीयले फोन मार्फत हामीलाई जानकारी गराए पछि हामी बागेश्वरी कत्था उद्योग पुग्यौ । त्यहाँ पुगेर कागजात जफत गरि लोड भएको गाडीलाई सिल गरि रात भरी आफ्नो कर्मचारीलाई काठ र ट्रकलाई हेरबिचार गर्नका लागि त्यही छोड्यौ’ अनुसंधान अधिकृत नारायण पार्धेले भने ।
उनले अगाडि भने, ‘बुधबार रात परेकाले गाडीलाई उहीँ छोड्यौ आज गाडीलाई बन कार्यालयमा ल्याएका छौ । अनुसन्धान कै क्रममा छ ।’ स्थानियले भने जस्तो अबैध वा टाचा नलगाएको काठ छ कि छैन ? के कति परीमाणमा छ ? छोडपुर्जी अनुसारको छ कि छैन ? भन्ने कुरो भोलि बिहिबार ११ बजे जिल्ला प्रशासन, जिल्ला प्रहरी, बन पैदावर उद्योग ब्यबसायी संघ, सम्बन्धित इलाकाका रेन्जर र सो सामुदायिक बनका अध्यक्षको रोहबरमा सिल गरेको ट्रकलाई खोली नापजाँच गरे पछि मात्र थाहा हुन्छ अधिकृत पार्धेले भने ।

  • २७ भाद्र २०७५, बुधबार २१:०६ प्रकाशित
  • Nabintech