अपहरणमा संलग्न फरार भारतिय नागरिक पक्राउ
  • काँचुली खबर

नेपाली नागरिकलाई अपहरण गरी फिरौती माग गरेको घटनाका फरार आरोपीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गत जेठ ६ गते बाँकेको नरैनापुर गाँउपालिका-६ बस्ने केशवराम गोडियालाई नेपालगन्जबाट अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा भारत श्रीवस्ती बस्ने ३२ वर्षिय रहिस अहमदलाई बाँके प्रहीले नियन्त्रणमा लिएको हो ।
गोडियालाई अपहरण गरी भारतको घोरदौरिया पुर्याई बन्धक बनाएका अहमदले फोनबाट फिरौती माग गरेको भन्दै खोजी कार्य तिब्र बनाएको बाँके प्रहरीले मंगलबार बाँकेको नरैनापुर गाँउपालिका ३ बाट अहमदलाई पक्राउ गरेको हो । पक्राउ परेका अहमदमाथी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • २१ भाद्र २०७५, बिहीबार १९:३९ प्रकाशित
  • Nabintech