गुल्मेली समाजको आयोजनामा तिज विशेष कार्यक्रम गरिने
  • काँचुली खबर

गुल्मेली समाज सेवा समिति बाँके नेपालगन्जले आगामी शनिवार तीजगीत नृत्य प्रतियोगिता गर्ने भएको छ ।
समितिको बुधवार बसेको वैठकले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति बनाई कामको बाँडफाँड गरिएको अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए ।
तीजको अवसरमा तीजगीत तथा नृत्यको साथै दरखाने र एसईई परीक्षामा गुल्मेली बन्धुहरु माझ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल १ छात्र र १ जना छात्रालाई पुरस्कृत गर्ने कार्यक्रम समेत तय भएको अध्यक्ष काफ्लेले बताए ।
सुर्खेतरोडस्थित होटल इन्द्रेणीमा हुने तीजगीत प्रतियोगितामा तीजको मौलिक संस्कृति झल्किने गीत प्रस्तुत हुने अपेक्षा राखेको गुल्मेली समाज सेवा समिति बाँकेका सचिव भीम कँडेलले जानकारी दिए ।
कार्यक्रममा प्रदेश, स्थानीय तह र विभिन्न सामाजिक संस्थाको नेतृत्वमा पुगेका गुल्मेलीलाई सम्मान समेत गरिने सचिव कँडेलले बताए ।

  • २० भाद्र २०७५, बुधबार १९:०० प्रकाशित
  • Nabintech