गाना गाएरै खेम भौगरियाले घर निर्माण गर्न सफल भएका छन । डेढ दशक गायन क्षेत्रमा काम गरेका गायक भौगरियाले ३५ लाख लागतमा घर निर्माण गर्न सफल भएका हुन । कोहलपुर नगरपालिका-११ लोकनगर निवासी गायक भौगरियाले गीत गाएरै ६ कोठाको १ तले पक्की घर निर्माण गर्न सफल भएको बताउँछन ।
‘अरु कुनै पेशा छैन गित गाएरै यहाँसम्म पुगेको छ’ भौगरियाले भने ‘डेढ दशकमा सय बढि गितहरुमा स्वर दिईसकेको छु । आजसम्म दर्शकहरुको माया मोहले कलाकारिता पेशामै रमाउन सफल भएको छु र यसमै खुशी छु ।’
क्यासेटको जमानादेखि हालसम्म गित संगितमै निरन्तर लागेको हुनाले सवैको उत्तिकै माया स्नेह पाएको उनको अनुभव छ । ‘ऐहो मोर राम भाई सुनिदेउ विरहक कहानी’ भन्ने बोलको थारु गितबाट गायन क्षेत्रको सुरुवात गरेका गायक भगौरियाले अहिलेसम्म सय बढि गितमा स्वर दिइ सकेको बताउँछन । ‘हेरो हेरो इ कैसिन रिती देखती बात’, ‘निस्ठुरी ना कहो महिन समय भइल निस्ठुरी’, ‘फुला असक फुलल मैयाक वारीमा’, ‘लेहगावाली गोरी’, ‘मछरी मारे जइहो गोरी’ र ‘रंगिन चोलीमा’ लगाएतका गितबाट चर्चा कमाएका भौगरियाले स्रोताको मायाले नै निरन्तर संगित क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताए ।
भौगरियाले एउटा भोजपुरी गित सहित ४ वटा नेपाली गितमा समेत स्वर दिएका छन । पछिललो समय महोत्सव तथा स्टेज कार्यक्रमहरुमा बोलाउने क्रम बढ्दै गएको बताउँदै गायक भौगरियाले पहिले ३० हजारमा सिङ्गो एल्बम तयार हुने गरेकोमा पछिल्लो समय एउटै अडियोकोलागि ३० हजार खर्च लाग्ने गरेको बताए ।
बुवा नन्दलाल चौधरीको कोखबाट जन्मेका गायक भौगरियालाई रातके निद चुराईलो भन्ने बोलको गितले थारु अवार्ड समेत दिलाउन सफल भएको थियो । ‘पहिले बुवा कमैया बस्नुभएको थियो’, गायक भौगरियाले भने ‘बुवा कमैया बसेपनि मैले कहिलै नझुकी कामलाई निरन्तरता दिएका कारण अहिले सफलता पाएको छु ।’
केही दिनकै ‘दिल्यामा मछि भरल बा हर कुलियामा गेगता धरलवा’ भन्ने बोलको गित निकाल्ने तयारीमा रहेका भौगरियाले भने ‘अन्य पेशा केही छैन गित गाएरै आत्म निर्भर भएको छु यसैमा सन्तुष्ट छु ।’
१७ भाद्र २०७५, आईतवार १५:३६ प्रकाशित