एकल तिज नृत्य प्रतियोगितामा विक प्रथम
  • काँचुली खबर

रेडियो सद्भाव र राप्तीसोनारी गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार राप्तीसोनारीको अगैयामा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राप्तीसोनारी ८ कि कल्पना विकले प्रथम स्थान हासिल गर्न सफल भएकी छन । १५ जनाको सहभागिता रहेको प्रतियोगितमा राप्तीसोनारी ८ कै हेमा कुमारी वली दोस्रो, सन्ध्या घर्ती तेस्रो र शान्ति वलीले सान्त्वना स्थान हासिल गर्न सफल भईन ।
कलाको उत्कृष्ट प्रदर्शन गर्दै शिर्षस्थान हासिल गर्न सफल ४ जना प्रतिस्प्रधिहरुलाई क्रमशः १०, ७, ५ र ३ हजार नगद राशिले पुरस्कृत गरिएको थियो । रेडियोका स्टेसन प्रमुख नविन गीरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिति गाँउपालीकाका अध्यक्ष लाहुराम थारु र विशिष्ट अथिति गाउँपालिकाका उपाध्यक्ष धनिकुमारी खत्रिले पुरस्कार वितरण गरेका थिए ।
तिज संस्कृतीको संरक्षणसँगै महिला दिदि बहिनीहरुलाई रमाउने अवसर प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको गाँउपालिकाकी उपाध्यक्ष खत्रिले जानकारी दिईन । रेडियो सद्भावले यहि २३ गते नेपालगन्जमा पनि भव्य तिज नृत्य प्रतियोगितको आयोजना गर्ने तयारी गरेको छ ।

  • १६ भाद्र २०७५, शनिबार १९:११ प्रकाशित
  • Nabintech