नयाँ कानुन बारे प्रहरीद्धारा सरोकारवाला निकायसँग छलफल
  • काँचुली खबर

इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार एक कार्यक्रमको आयोजना गरि मुलुकी अपराध ‘संहिता’ २०७४ को बारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ ।
कोहलपुर नगरपालिका, बैजनाथ गाँउपालिका र राप्ति सोनारी गाँउपालिकाका जनप्रतिनिधी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुलाई लक्षित गरि आयोजना गरिएको छलफल कार्यक्रममा भाद्र महिना देखि लागु भएको मुलुकी ऐन २०७४ र प्रहरीका कार्यका बारेमा जानकारी गराईएको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले कोहलपुर बिभिन्न अपराधिक घटनाहरुको केन्द्र बिन्दुको रुपमा रहेको हुँदा प्रहरी प्रशासन चनाखो हुनु पर्ने बताए ।
‘कोहलपुरमा धेरै प्रहरी अधिकृतहरु आउने जाने गरेका छन’ कोहलपुर वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाले भने ‘प्रहरी भएर आए पश्चात सबै अनुशासित र सभ्य हुन आवश्यक छ ।’ प्रहरीका जवानहरु ड्यूटिमा बस्दा मोबाईल खेलाउने, पत्रिका पढ्ने जस्ता क्रियाकलापले गर्ने गरेको थापाको भनाई थियो ।


कोहलपुर होटल ब्याबसायीका बरिष्ठ उपाध्यक्ष एकनारायण चापागाँइले प्रहरी प्रशासनले होटल ब्याबसायीहरुका लागी केहि नयाँपन आउने खालका कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिएका थिए । राम्रो कामकालागि आफुहरु प्रहरी प्रशासनलाई साथ दिन सधै तयार रहेको भन्दै चापागाईले जिम्मेवार भएर कर्तब्य पालनामा लाग्न आग्रह गरे ।
कार्यक्रममा आएका सुझावहरुलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रमेश बहादुर सिंहले नयाँ कानुन आएसँगै समाजमा जुन हल्ला छ त्यसलाई चिर्न र समाजका अगुवा, बुद्धिजिबीहरुलाई यसका बारेमा जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सिंहले नयाँ कानुन लागु भएसँगै समाजमा भएका बिसंगति र बिकृति अन्त्यका लागी प्रहरी प्रशासन कठोर रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आएको दाबि गरे ।
सिंहले कोहलपुर अपराधिक गतिबिधीका लागी ट्रान्जिट प्वइन्टको रुपमा रहेको हुँदा प्रहरी त्यस्ता क्रियाकलाप गर्नेका बिरुद्धमा सधै सजग र सचेत भएर लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

  • १६ भाद्र २०७५, शनिबार १५:०० प्रकाशित
  • Nabintech