प्लान नेपाल र साथी संस्थाको आर्थिक सहयोगमा कोहलपुर नगरपालिका वडा नं. २ स्तरिय बाल संरक्षण समितिको आयोजनामा मानव वेचविखन विरुद्ध स्थानिय जनप्रतिनिधि तथा सरोकार निकायहरुको लागि एक दिवसिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कर्णसिंह विसिले टोलटोलमा मानव वेचविखन विरुद्ध सचेतना कार्यक्रम गर्ने, विधालयहरुमा जनप्रतिनिधि र अभिभावक विचको छलफल र टोलमा गठन भएका टोल विकास समिति समेतमा अन्तरक्रियाको माध्यमवाट जनसमुदाय लाई जागरुक वनाउने उदघोष गरे । साथी संस्थाका प्रतिनिधिले
अब ११ वर्ष देखि १९ वर्ष उमेर समुहका वालवालिकालाई असल जीवन यापनका उपाय विषयक कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
कार्यक्रमका प्रशिक्षक लक्ष्मी माविका प्रअ वद्रीनाथ सापकोटाले नानीवावु लाई अभिभावकले समय दिने, कुरा गर्ने र साथी संगत र वावुनानीको गतिविधिमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । वालवालिका कोही जानीजानी कोही अन्जान मा मानव तस्करहरुको जालमा पर्ने गरेकोमा सचेत हुँदै समस्यामा परे वावुनानी लाई भाग्न, सहयोगकालागि चिच्याउन वा प्रहरी हट लाईनका १ सय नम्बरमा फोन गरेर सहयोग लिन सिकाउन प्रशिक्षित गरे।कार्यक्रममा सहभागी कोहलपुर वडा नं. २ का वडा सदस्यहरु रामकिसुन थारु, टेक ब. खत्री, वालकुमारी मल्ल र कोहलपुर नगरपालिकाकी वोर्ड सदस्य गिता सुनारले तिज पर्वको सन्दर्भमा टोल टोलमा नाचगान भईरहेको र रातभर केटाकेटी घुम्ने गरेको पाईएकाले प्रहरीको ध्यानकर्षण गराउन माग गरे ।
आफन्त होस् वा दुःख पाएको वहानामा केटाकेटी राखेर घरेलु श्रम गर्याउने जोकोहीलाई प्रचलित कानुन वमोजिम कारवाही गर्न आवश्यक रहेकोमा सहभागीले जोड दिएको बाल संरक्षण समितिकि सदस्य सीता कुमारी विश्वकर्माले वताईन् ।
९ भाद्र २०७५, शनिबार १९:५३ प्रकाशित