प्यूठानमा मंगलबार राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको बिचमा परिचयात्मक कार्यक्रमसँगै जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रहरि नायव उपरिक्षक निर्मल बुढाथोकिले जिल्लामा शान्ति सुरक्षा तथा सदाचार र सुशासन स्थापना गरी सभ्य समाज निमार्णका लागी आफु संधै लागी लागिपर्ने बताए । साथै उनले आफ्नो गाँउसमाजमा घटेका घटनाहरु जनताले सुचना नगरेसम्म थाहा नपाईने हुँदाले आफ्नो गाउंघरमा घटेका घटनाहरु कुनै संकोच नमानी तत्काल खवर गर्न सम्पुर्ण प्युठानबासिमा आग्रह समेत गरेका छन ।
कार्यक्रमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफ्नो स्तरबाट गर्न सक्ने जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन्।
जिल्लाको शान्ती सुरक्षाको स्थिती र घटिरहेका अपराधिक घटनाहरुको बारेमा उपरिक्षक बुढाथोकिले कार्यक्रममा ब्रिफिङ गरेका थिए । साथै उक्त कार्यक्रममा उपस्थित व्यक्तिहरुले उठाएका गुनासा तथा सुझाबहरुलाई प्रष्ट पार्दैै बुढाथोकिले आगामी कार्य योजना र मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर सजाय निर्धाण तथा कार्यन्यवन ऐन २०७४ को बारेमा विस्तृत जानकारी गराएका थिए ।
५ भाद्र २०७५, मंगलवार २०:४८ प्रकाशित