प्युठानमा भेटिएको वेवारिसे शवको पहिचान खुल्यो
  • काँचुली खबर

प्युठानमा भेटिएको वेवारिसे शवको पहिचान भएको छ। आईतबार मल्लारानी गाँउपालिका ५ गोदाबारीफांट स्थित झिमरुक नदी किनारमा फेला परेको बेवारिसे शवको सोमबार पहिचान भएको हो । आईतबार सांझ स्थानियवासीले नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए । मृतकका दाजु दान प्रसाद सुवेदिले आफ्नै बहिनीको शव भएको प्रहरीलाई जानकारी दिएपछि शवको पहिचान खुलेको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उक्त शव नौबहिनी गाउंपालिका वडा नम्बर ७ की बसन्ती सुवेदिको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए। साथै मृकको बुबा आमालाई खबर गरीएको र बुबा आमा आएपछि घटनाबारे थप अनुसन्धान गर्ने काम भईरहेको समेत जानकारी दिए । अहिले शवलाई जिल्ला अस्पताल बिजुवारको शव गृहमा राखिएको छ।

  • ४ भाद्र २०७५, सोमबार १९:४३ प्रकाशित
  • Nabintech