बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीकाे सिजन सुरु
  • काँचुली खबर

३० असोज, कोहलपुर । वर्षायामपछि बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सुरु भएको छ। सफारीको नयाँ सिजन सुरु भएसँगै निकुञ्ज तथा आसपासका पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।

संरक्षित वन्यजन्तु चौसिंगाका साथै पाटेबाघका लागि समेत चर्चित बाँके राष्ट्रिय निकुञ्जमा सफारी खुला भएपछि पर्यटकको आगमन बढ्दै गएको गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण थारूले जानकारी दिए। उनका अनुसार सफारी सुरु भएसँगै प्रकृति र वन्यजन्तु अवलोकनमा रुचि राख्ने पर्यटकको आकर्षण बढ्न थालेको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँके राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेको गाभर भ्याली पनि पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित छ। हरियाली जंगल, चुरे पहाडको फेदी, स्थानीय थारू तथा मुगाली संस्कृति र सामुदायिक होमस्टेका कारण गाभर भ्यालीमा पर्यटकको आकर्षण बढ्दै गएको हो।

यहाँ जंगल सफारीसँगै पैदल यात्रा, रात्रिकालीन क्याम्प फायर, चराचुरुङ्गी अवलोकन तथा स्थानीय संस्कृति र जीवनशैलीको अनुभव लिन सकिन्छ। प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यस क्षेत्रले पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको रोजगारी र आयआर्जनमा समेत योगदान पुर्‍याउँदै आएको छ।

पछिल्लो समय बाघ अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु भएसँगै पर्यटकले वन्यजन्तु, जैविक विविधता र प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभव गर्ने अवसर पाएका छन्। यसले निकुञ्ज र आसपासका क्षेत्रमा पर्यापर्यटनको सम्भावना थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

उपलब्ध तथ्यांकअनुसार बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेर ५१ पुगेको छ। बाघसँगै अन्य दुर्लभ वन्यजन्तुको संरक्षण र जैविक विविधताको संवर्द्धनले पनि निकुञ्जको पर्यटकीय महत्व बढाएको छ।

वन्यजन्तु संरक्षण, प्राकृतिक सम्पदाको प्रवर्द्धन र स्थानीय संस्कृतिको संरक्षणलाई पर्यटनसँग जोड्न सके बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना छ। त्यसका लागि व्यवस्थित सफारी, पर्यटकमैत्री सेवा, प्रभावकारी प्रचारप्रसार र स्थानीय समुदायको सक्रिय सहभागिता महत्वपूर्ण हुने देखिन्छ।

  • ३० आश्विन २०८३, शुक्रबार २०:०२ प्रकाशित
  • Nabintech