६ असाेज, कोहलपुर । बाँकेको कोहलपुरस्थित म्याक्स हाेटलमा प्रहरीले छापा मारेकाे छ । काेहलपुर-११ रेडक्रस राेडमा रहेकाे होटलमा मंगलकार बेलुका छापा मारेर प्रहरीले सट्टेबाजी खेलाएको आरोपमा ४२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट ७० भन्दा बढी मोबाइल फोन, ल्यापटप तथा कम्प्युटरलगायतका विद्युतीय उपकरण बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूक्ष्म अनुसन्धान गरिरहेको सूचना अधिकारी राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी वरिष्ठ नायव उपरीक्षक रमेश विष्ट र प्रहरी वरिष्ठ सई रमेश बजगाईँको कमाण्डमा खटिएको टोलीले होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
छापा मारेपछि हाेटल शिल गरिएकाे छ ।
६ आश्विन २०८३, मंगलवार २२:२१ प्रकाशित