२४ भदाै, कोहलपुर । हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोहलपुर क्षेत्रका प्याब्सनमा आबद्ध निजी विद्यालयहरूले २१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
कोहलपुरका विभिन्न २५ वटा निजी विद्यालयबाट संकलित कुल २१ लाख २ हजार ६ सय २ रुपैयाँ विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गरिएको प्याब्सन कोहलपुरले जनाएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
संकलित रकममध्ये ५ लाख २९ हजार ५ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। त्यस्तै, प्याब्सन कोहलपुरमार्फत १३ लाख ७३ हजार ९ सय ९२ रुपैयाँ र प्याब्सन बाँकेमार्फत १ लाख ९९ हजार १ सय ५ रुपैयाँ सहयोग गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी दिए।
अध्यक्ष केसीका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएका बेला निजी क्षेत्रबाट समेत राहत तथा उद्धारका लागि सहयोग जुटाउने अभियान सञ्चालन हुँदै आएको छ। सोही अभियानअन्तर्गत कोहलपुरका प्याब्सनमा आबद्ध विद्यालयहरूले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेका हुन्।
विद्यालयबाट संकलित सहयोग रकम सम्बन्धित निकायमार्फत विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने बताइएको छ।
प्याब्सन कोहलपुरले आगामी दिनमा पनि विपद् तथा मानवीय संकटका समयमा आवश्यक सहयोग र सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने जनाएकाे छ।
२४ भाद्र २०८३, बुधबार १२:३८ प्रकाशित