२२ भदाै, कोहलपुर । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि हाम्रो सुर्खेती एकता समाज, कोहलपुर, बाँकेले राहत रकम सहयोग गरेको छ।
समाजले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संकलन गरेको १ लाख १८ हजार ९ सय १२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
समाजका अध्यक्ष इन्द्र गुरुङको नेतृत्वमा सञ्चालन गरिएको राहत अभियानमार्फत समाजका सदस्य तथा शुभेच्छुकसहित ७१ जनाबाट उक्त रकम संकलन गरिएको जनाइएको छ। संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
राहत रकम जम्मा गरिएको बैंक भौचर (रसिद) समाजका तर्फबाट जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख दिलकुमार तामाङलाई हस्तान्तरण गरिएको छ।
भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको दुःख र पीडामा साथ दिन तथा विपद्को समयमा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको समाजले जनाएको छ। अभियानमार्फत संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी आवश्यकताअनुसार बाढीपीडितसम्म राहत पुर्याउने प्रयासमा सहयोग गरिएको समाजको भनाइ छ।
राहत अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, समाजका सदस्य, शुभेच्छुक तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति अध्यक्ष गुरुङले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
अध्यक्ष गुरुङले विपद्का बेला पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाजले विपद्का समयमा एकजुट भई सहयोग गर्ने संस्कारलाई थप मजबुत बनाउन र समस्यामा परेका नागरिकलाई सक्दो सहयोग गर्न सबैमा आग्रहसमेत गरेको छ।
२२ भाद्र २०८३, सोमबार १७:२५ प्रकाशित