११ भदाै, कोहलपुर । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलका शिक्षक तथा कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन्।
यहि भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीले सामूहिक रूपमा रु. १ लाख संकलन गरी कोषमा सहयोग गरेका हुन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विद्यालयका प्रशासकीय अधिकृत कर्णबहादुर बस्नेतका अनुसार महाविपद्को समयमा मानवीय सेवा र राहतस्वरूप शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिएको हो।
बस्नेतले अकल्पनीय बाढीका कारण भएको क्षतिले सिंगो देशलाई नै मर्माहत बनाएको भन्दै विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताए।
यसैगरी, विद्यालयको तर्फबाट संस्थागत रूपमा भने प्याब्सन बाँकेमार्फत थप सहयोग गरिने विद्यालयले जनाएको छ।
गोरखा युनाइटेड पब्लिक स्कुलले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले शिक्षक–कर्मचारीको सामूहिक पहलमा गरिएको सहयोगलाई मानवीय सेवाको रूपमा लिएको जनाएको छ।
११ भाद्र २०८३, बिहीबार १७:०२ प्रकाशित