काठ र साइकल लिलामबाट ४२ लाख बढी राजस्व सङ्कलन
  • काँचुली खबर

२७ चैत्र, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले वर्षौंदेखि कार्यालय परिसरमा थन्किएका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जिर्ण अवस्थामा रहेका अवैध साइकल र अवैध काठ गोलिया लिलाम बिक्री गरेको छ।

लिलाम बिक्रीबाट कार्यालयले सरकारको खातामा ४२ लाखभन्दा बढी रुपियाँ राजस्व सङ्कलन गरेको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार विभिन्न समयमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा बरामद गरिएका जिर्ण साइकल र अवैध काठको गोलिया लिलाम प्रक्रियाबाट बिक्री गरिएको हो।

उनका अनुसार कार्यालय परिसरमा वर्षौंदेखि थन्किएका ११९ थान विभिन्न कम्पनीका जिर्ण साइकल र २५०१.९३ क्यूफुट खयर, साल, सागौनलगायतका काठ गोलिया बिक्रीबाट भ्याटबाहेक ४२ लाख ८६ हजार ४०० रुपियाँ राजस्व सङ्कलन भएको हो। जसमध्ये साइकल बिक्रीबाट ७९ हजार रुपियाँ र काठ बिक्रीबाट ४२ लाख ७ हजार ४०० रुपियाँ प्राप्त भएको हो।

उनले कार्यालय परिसरमा थन्किएका पुराना सामग्रीको व्यवस्थापन क्रमशः अन्य सवडिभिजन वन कार्यालयसम्म विस्तार गरिने जानकारी दिए । यसले सरकारी राजस्व वृद्धि हुनुका साथै कुहिने तथा नष्ट हुने सामग्रीको उचित व्यवस्थापन हुने उनको भनाइ छ।

कार्यालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत टङ्क गुरुङका अनुसार लिलाम बिक्रीबाट प्राप्त रकम प्रदेश सरकारको सञ्चिति कोषमा जम्मा भइसकेको छ। साथै, विभिन्न जातका ९२२ क्यूफुट चिरान काठ लिलाम प्रक्रियामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार कार्यालय परिसरमा वर्षौँदेखि थन्किएका साइकल तथा बरामद काठका कारण झाडी बढ्ने, सर्पलगायतका जङ्गली जनावरको जोखिम रहने समस्या थियो। लिलामपछि कार्यालय परिसरको सरसफाइ तथा सौन्दर्यीकरणमा सुधार आएको छ।

वरिष्ठ वन अधिकृत सुशील सुवेदीले कार्यालय प्रमुख शंकरप्रसाद गुप्ता आएपछि व्यवस्थापन तथा राजस्व सङ्कलनका कार्यमा उल्लेखनीय सुधार भएको बताए । उनका अनुसार राप्तीसोनारी गाउँपालिका-१, ३ र ४ मा २७०० हेक्टर क्षेत्रफलमा भुवरभवानी चक्ला वन व्यवस्थापन गरिएको छ। यसअघि जिल्लामा २२६८ हेक्टर क्षेत्रफलमा शमशेरगन्ज-माथेवास चक्ला वन सञ्चालनमा थियो।

पछिल्लो एक वर्षमा कार्यालय परिसरमा बाउन्ड्री वाल निर्माण, वन्यजन्तु तथा वनसम्बन्धी जनचेतनामूलक सन्देशसहितको चित्रांकन, नयाँ प्रवेशद्वार निर्माण, ५ करोड लागतमा तीनतले प्रशासनिक भवन निर्माणाधीन अवस्था, अग्नि नियन्त्रण सवारी साधन व्यवस्थापन लगायतका काम भएका छन्।

बाँकेमा हाल ११९ वटा सामुदायिक वन रहेका छन्, जसले २६ हजार ११६ हेक्टर क्षेत्रफल ओगटेका छन्। तीमध्ये ३५ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएको छ भने दुई वटा सरकारी चक्ला वन रहेका छन्।

  • २७ चैत्र २०८२, शुक्रबार १२:३४ प्रकाशित
  • Nabintech