२४ माघ, कोहलपुर । आगामी संसदिय निर्वाचनमा जनयुद्धका सफल कमाण्डर तथा स्पष्टवक्ता युवा नेता नरेन्द्र पाण्डे (जेम्स) बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय पाण्डे जनयुद्धका क्रममा प्रभावशाली कमाण्डरका रूपमा परिचित छन् । राजनीतिक आन्दोलन, संगठन निर्माण र जनसम्पर्कमा अनुभवी उनी स्पष्ट विचार, निर्भीक अभिव्यक्ति र जुझारु नेतृत्व क्षमताका कारण कार्यकर्ता तथा समर्थकहरूबीच लोकप्रिय मानिन्छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
हाल पाण्डे नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला संयोजकको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । जनताको मुद्दालाई प्राथमिकतामा राख्दै संसदमार्फत परिवर्तनको आवाज बुलन्द गर्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा होमिएका हुन् ।
पाण्डेलाई विजयी गराउन नेपाली कम्युनिष्ट पार्टी बाहिरका युवाहरू पनि सक्रिय रूपमा जुटेका छन् । इमान्दारिताका साथ राजनीतिमा सक्रिय युवालाई पार्टीले अघि बढाएपछि बाँके-१ मा पाण्डेको पक्षमा सकारात्मक माहोल बन्दै गएको बताइन्छ ।
घरदैलो अभियानका क्रममा मतदाताहरूले आफ्ना समस्या सुनाउने र अग्रिम शुभकामना दिने गरेको पाण्डेको भनाइ छ । आफू भोट माग्नभन्दा पनि जनताका गुनासो सुन्नका लागि जनतामाझ आएको बताउँदै आएका पाण्डेको सरल र सहज स्वभावले युवाहरूलाई विशेष रूपमा आकर्षित गरेको स्थानीयहरू बताउँछन् ।
हालसम्म कुनै लाभको पदमा नपुगेको सङ्घर्षशील युवा उम्मेदवारका रूपमा विकास, सुशासन र स्थिरताको प्रतिबद्धतासहित तारा चिन्हमा मतदान गर्न अपिल गर्दै आएको पाण्डेले बताए । राप्ती नदीको कटान तथा डुबान समस्या समाधान, मानव-वन्यजन्तु द्वन्द्व अन्त्य, कृषि तथा पर्यटन विकास, युवालाई सीप विकाससहित रोजगारी र स्वरोजगार सिर्जना आफ्ना प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारे ।
उनका अनुसार हालसम्म अगुवा कार्यकर्ता प्रशिक्षण, वडा स्तरमा प्रचार कार्यालय स्थापना, जनभेटघाट, गुनासो सङ्कलन तथा घरदैलो अभियानलाई एकसाथ अघि बढाइएको छ । निष्ठाको राजनीति गरेको र लाभको पदमा नरहेको जुझारु उम्मेदवारका रूपमा जनताको माया पाएको दाबी गर्दै पाण्डेले चुनावमा विजयी हुनेमा आफू ढुक्क रहेको बताए ।
पाण्डेको उम्मेदवारीले बाँके निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
२५ माघ २०८२, शनिबार १७:२२ प्रकाशित