२४ माघ, कोहलपुर । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. को चर्चा चुलिएको छ । कतिपय दलले स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार अगाडि सारेपछि जि.एम. को चर्चा चुलिएको हो ।
सोही क्षेत्रमा हुर्केर राजनीति र समाज सेवामा सक्रिय तथा क्षेत्रको समग्र परिवेश बुझेका जि.एम. को उम्मेदवारीले जनतामा आशा पलाउनुका साथै चुनावी अंकगणितमा समेत जि.एम. अगाडी भएका छन । बैजनाथ गाउँपालिका-५ निवासी दीपक जि.एम. स्थानीय परिवेशमै हुर्किएका, समाजका समस्या नजिकबाट बुझेका युवा राजनीतिज्ञ हुन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा युवा सङ्घ नेपालको केन्द्रीय महासचिव हुँदै राष्ट्रिय राजनीतिसम्म फैलिएको छ । यही अनुभवका साथ उनी अहिले बाँके-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोभिड महामारी देखी भुकम्प लगायतका बिपदका समयमा जनताको साथ र माझमा रहेर काम गर्ने युवा हुन जि.एम. ।
युवाको नेतृत्व गर्ने स्थानीय उम्मेदवारका रूपमा परिचित जि.एम. आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके-३ मा जित सुनिश्चित रहेको स्थानीय भनाई छ । अन्य दलले त्यस क्षेत्रमा टुरिस्ट उम्मेदवारलाई अगाडी सारेपछि जि.एम. को पक्षमा स्थानिय खुल्न थालेका छन ।
चुनावी प्रचारका क्रममा घरदैलो अभियानलाई प्राथमिकता दिएका जि.एम.ले स्थानीय समस्या प्रत्यक्ष सुन्ने, प्राथमिकता निर्धारण गर्ने र समाधानका लागि संसद्मा बलियो आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । प्रचारप्रसार संयोजक सुशील लामिछानेका अनुसार, “जनताको पक्षमा नडगमगाउने नेतृत्व दिने हाम्रो साझा अभियान हो ।”
स्थानीय जनताको दुःख-सुखमा सँगै उभिने, युवाको आवाज संसद्सम्म पुर्याउने र बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका लागि सङ्घर्ष गर्ने अठोटका साथ जि.एम. जिततर्फ अघि बढिरहेको स्थानीयहरूको धारणा छ ।
बाँके ३ मा नेपाली काँग्रेसले रोल्पाका अम्मर सिह पुन र रास्वपाले दैलेखका खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । जि.एम. नेपाली कम्यूनिष्ट पार्टीबाट चुवानी मैदानमा होमिएका छन भने एमालेले सुमन मल्ललाई अगाडी सारेको छ ।
२५ माघ २०८२, शनिबार १६:२६ प्रकाशित