३० असोज, काठमाडौँ । रियालिटी सो ‘एक्टिंग स्टार’को शीर्ष उपाधि नेपालगन्जकी नबिना रानाभाटले जितेकी छिन् । बुधबार साँझ आयोजित ग्रान्ड फिनालेमा अन्य प्रतियोगीलाईपछि पार्दै उनी विजेता घोषित हुन सफल भएकी हुन् ।
उनले आफ्नो अभिनयको जादुले दर्शक र निर्णायक दुवैको मन जित्दै उपाधि हात पारेकी हुन् । उनलाई शोका निर्णायक समेत रहेका वरिष्ठ अभिनेता नीर शाहले ट्रफी प्रदान गरे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शोमा फष्ट रनरअप भावना मगर र सेकेन्ड रनरअप इभा घिमिरे भए । दुवैले ट्रफी सहित विभिन्न उपहार समेत हात परे ।
एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘एक्टिङ स्टार’ अभिनयमा आधारित रियालिटी शो हो । जसको निर्णायकमा नीर शाहको अलावा अभिनेता अनुप बराल र अभिनेत्री ऋचा शर्मा रहेका थिए ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले निर्माण भएको शोका निर्देशक विशाल भण्डारी रहेका छन् ।
३० आश्विन २०८२, बिहीबार १५:०४ प्रकाशित