कक्षा १२ को नतिजा प्रकाशित, ३९ प्रतिशत विद्यार्थी नन-ग्रेडेड
  • काँचुली खबर

१९ साउन, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा परिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड अर्थात् असफल भएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यो वर्ष ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए ।

यस वर्षको परीक्षा २१ वैशाखदेखि शुरू भएको थियो ।

परीक्षाफल हेर्नको लागि विद्यार्थीले result.neb.gov.np, neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np  प्रयोग गर्न सक्ने बोर्डले जनाएको छ ।

गत वैशाखमा देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए ।

परीक्षा सञ्चालनका लागि ५ हजार २०२ विद्यालयका विद्यार्थीहरूलाई १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको थियो । विदेशबाट पनि सहभागिता जनाइएको परीक्षा केन्द्रमध्ये जापानस्थित एभरेस्ट स्कूलबाट ३८ जना विद्यार्थी सहभागी भएका थिए ।

७७ जिल्लामध्ये सबैभन्दा कम परीक्षार्थी रहेको जिल्ला मनाङबाट ४५ जनाले र सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा केन्द्रको हिसाबले पनि काठमाडौँमा सबैभन्दा धेरै १६२ वटा केन्द्र तोकिएका थिए भने मनाङ र मुस्ताङमा एकरएक वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो ।

  • २० श्रावण २०८२, सोमबार १९:१० प्रकाशित
  • Nabintech