१४ साउन, बैजनाथ । बाँकेको बैजनाथ ४ मा रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले आर्थिक वर्ष ०८१/०८२ मा खुद नाफा उल्लेख्य मात्रामा बढाएको छ । गत वर्ष खुद मुनाफा ५ हजार दुई सय पाँच मात्र रहेको बैजनाथ सामाजिक उद्यमीले आर्थिक वर्ष ०८१/०८२ मा खुद मुनाफामा बृद्धि गर्दै ६ लाख ३५ हजार पाँच सय पन्चानब्बे पुर्याएको छ । एक वर्षको अन्तरालमा संस्थाले १ सय २२ प्रतिशत नाफा कमाएको हो ।
सहकारीले यसै अवधिमा १ हजार पाँच सय पैंतालिस शेयर सदस्य मार्फत एक करोड १२ लाख ८ हजार वचत संकलन गर्न सफल भएको छ भने सहकारीको शेयर पुँजि ४२ लाख ३१ हजार नौ सय रहेको सहकारीका अध्यक्ष कमला बुढा बताउँछिन । बैजनाथका ग्रामिण ईलाकाहरुमा बाख्रापालनका माध्यमबाट आफना शेयर सदस्यहरुलाई उद्यमी बनाउने संकल्पकासाथ लगानि गर्दै आएको संस्थाले यस बर्ष २४ लाख बराबरका खसि बोका खरिद बिक्रि समेत गरेको छ । हाल सहकारीको उठाउनुपर्ने ऋण १ करोड ६१ लाख ६० हजार रहेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सहकारीको गत वर्ष यसै अवधिमा उठाउन बाँकी ऋण ९७ लाख रहेको थियो भने बचत ७३ लाख एवं शेयर पुँजि २९ लाख रहेको थियो । गत वर्षलाई यस वर्ष तुलना गर्दा सहकारीका सबै सुचकहरुमा उछाल आएका संस्थाका प्रबन्धक प्रमोद रिजाल बताउँछन ।
दैनिक वचत संकलनलाई निशेध गरेको सहकारीले ग्रामिण समुदायमा ८२ वटा बाख्रापालन समुह मार्फत मासिक बैठक मार्फत आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
हेफर नेपालको सहयोग तथा सेवा नेपाल चितवन एवं ओसिडिसि कोहलपुरसँगको सहकारीमा आफ्ना सदस्यहरुलाई आधारशिला तालिम, बाख्रा खोर निर्माण तथा बाख्रा उपहार जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरी समुदायमाझ जनप्रिय बन्न सफल सहकारीमा आबद्ध सबै शेयर सदस्यहरु महिला मात्र रहेका छन ।
ग्रामिण समुदायमा रहेका पछाडि पारिएका वर्ग, लिंग, दलित, जनजातिहरुलाई उद्यमी बनाउदै सक्षम बनाउने योजना अनुसार खसि बोका खरिद बिक्रिकालागि बजारिकरण, आवश्यक ऋण एवं पशु विज्ञ परामर्श समेत गर्दै आएको बताउदै प्रबन्धक रिजालले कर्जा लिन डराउने र ब्यवसाय गर्न समेत हिच्किचाउने समुदायमा काम गर्दा आत्मसन्तुष्टि मिलेको बताउँछन ।
उनका अनुसार रचनात्मक उत्प्रेरणा प्रदान गर्दै संस्थाले बाख्रापालन ब्यबसायमा आफना शेयर सदस्यहरुलाई आकर्षित गर्दै लैजाने रणनिती अपनाएको छ । सहकारीले आगामी वर्षकालागि ५ सय शेयर सदस्यहरुलाई ब्यवसायीक बनाउदै २ करोड ६० लाख कर्जा आउटस्ट्याडिङ रहने र ११ लाख मुनाफा गर्ने गरीप्लानिङ बजेटिङ गरेको छ ।
शेयर सदस्य संख्या १ हजार ६ सय बिस, शेयर रकम ५५ लाख तथा बचत संकलन मौज्दात १ करोड ३२ लाख रहने गरी लक्ष्य निर्धारण गरेको सहकारीले यस अवधिमा खसि बाख्रा खरिदको लक्ष्यलाई २५ लाख पुर्याएको छ । संस्थाको आफ्नै पिक अप भ्यानको प्रयोग गरी किसानका खसि बोकाहरुको बिक्रि वितरणलाई सहज बनाउदै आएको सहकारीले यो चालु आर्थिक वर्षमा किसानकालागि मलखाद, बिउविजनका साथै युवा लक्षित युवा स्वरोजगार कार्यक्रम लागु गर्ने तयारी समेत गरेको छ ।
१५ श्रावण २०८२, बुधबार १५:०० प्रकाशित