बारम्बार ब्ल्याकमेल गरेपछि मार्ने योजना बनाएको युवतीको बयान
  • काँचुली खबर

५ साउन, धनुषा । महोत्तरीस्थित महोत्तरी गाउँपालिका-१ पर्सा टोलका ३२ वर्षीय बिमलेश यादवको हत्या आरोपी एक युवतीले प्रहरीमा सनसनीपूर्ण बयान दिएकी छन् । महोत्तरीकै बनौटा घर भएकी २१ वर्षीया जुली झा बिमलेशको हत्या आरोपमा पक्राउ परेकी छन् । जुलीले प्रहरी बयानमा भनेकी छन्, ‘मसँग दुई वटा विकल्प बाँकी थियो : पहिलो, कि मैले आत्महत्या गर्नुपर्थ्यो, दोस्रो भनेको कि उसलाई मार्नुपर्थ्यो, मैले दोस्रो विकल्प रोजेँ ।’

जुलीको बयान सुनेर अनुसन्धानमा खटिएका प्रहरी समेत चकित परे । किन हत्या गरेको रु भन्ने प्रश्नमा जुलीले भनिन्,‘हामीबीच तीन वर्षअघि शारीरिक सम्बन्ध थियो, बिमलेशले हाम्रो शारीरिक सम्बन्धको फोटो र भिडियो बनाएको थियो, त्यही देखाएर मलाई पटक-पटक ब्ल्याकमेलिङ गरेर सम्बन्ध राख्यो ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बिमलेशले फेसबुकको फेक आईडी बनाएर आफ्ना परिवार र साथीलाई समेत शारीरिक सम्बन्धको फोटो र भिडियो पठाएर आफ्नो चरित्रहत्या गरेको आरोप जुलीको छ ।

‘पहिला हामी फेसबुकबाटै एकअर्कासँग नजिक भएका थियौं, सहमतिमै शारीरिक सम्बन्ध भएको’, जुलीले प्रारम्भिक बयानमा भनेकी छन्,‘बिमलेशले हाम्रो सम्बन्धको फोटो र भिडियो खिचेको रहेछ, पछि मलाई त्यही देखाएर पटक-पटक शारीरिक सम्बन्ध राख्न बाध्य पार्‍यो ।’

जुली धनुषामा बसेर स्नातक पढ्दै आएकी थिइन् । बिमलेश पनि महोत्तरीबाट झासँग सम्बन्ध राख्नकै लागि धनुषा आउँथे । घटना भएको दिन यही साउन ३ गते पनि बिमलेशले जुलीलाई गेष्ट हाउसमा बोलाएका थिए ।

राति गेष्ट हाउसमा बिमलेशले धेरै मदिरा पिएका थिए । त्यही मौकामा आफूले बिमलेशमाथि होटलको तरकारी काट्ने चक्कु प्रहार गरेको बयान जुलीले दिएकी छिन् । चक्कु प्रहार गरेपछि बिमलेश छट्पटिएर गेष्ट हाउसको एक तलामाथिबाट खसेका थिए ।

लगत्तै प्रहरीलाई खबर पुगेको थियो । प्रहरी चौकी जिरोमाइलबाट प्रहरी पुग्दा बिमलेश नग्न र रगताम्य अवस्थमा भुइँमा छट्पटाइरहेको अवस्थामा फेला परेका थिए । प्रहरीले राति नै घाइते बिमलेशलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगेको थियो । उपचारकै क्रममा साउन ४ गते बिहान सात बजेर ४५ मिनेटमा बिमलेशको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार अनुसन्धानका क्रममा गेष्ट हाउसको सीसीटीभी समेत हेरिएको थियो । सीसीटीभीमा कैद भएको दृश्य अनुसार साउन ३ गते राति ९ बजेर ५० मिनेटमा बिमलेश र जुली बा ४५ प ४५८६ नम्बरको मोटरसाइकल चढेर गेष्ट हाउसको मुख्य प्रवेशद्वारबाट प्रवेश गरेका थिए ।

उनले होटलभित्र छिरेर आफ्नो नाम इन्ट्री गराउँदा शनि यादव भनेर लेखाएका थिए । एसपी रेग्मीका अनुसार बिमलेश साउन ४ गते बिहानको दुई बजेर ५७ मिनेटमा नग्न अवस्थामा होटलको पहिलो तलाबाट रगताम्य अवस्थामा भुइँमा खसेको सीसीटीभी फुटेजमा देखिन्छ ।

‘बिमलेश भुइँमा बजारिएपछि जुली बिहान तीन बजेर चार मिनेटमा खाली खुट्टा भाग्दै गरेको दृश्य समेत सीसीटीभीमा कैद भएको छ,’ एसपी रेग्मीले भने, ‘घर पुगेकी जुलीलाई महोत्तरीकै परौल भन्ने ठाउँबाट प्रहरीले ४ गते मध्यान्ह १२ बजेतिर नियन्त्रणमा लिन सफल भयो ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बिमलेश सशस्त्र प्रहरीका भगौडा हुन् । उनी वैदेशिक रोजगारीमा केही वर्ष बसेर घर आएका थिए ।

‘मृतकका परिवारसँग बुझ्ने काम भइरहेको छ’, एसपी रेग्मीले भने, ‘फोन संवाद हेर्दा कमलेश र जुलीबीच लामो समयदेखि नै सम्पर्क भएको देखिन्छ ।’

आफू डिप्रेसनमा गइसकेको र बिमलेशले आफूमाथि पटक-पटक ब्ल्याकमेलिङ गरेर शारीरिक सम्पर्क गर्दै आएको बयान जुलीले प्रहरीमा दिएकी छिन् । प्रहरीले जुलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद थप लिएर अनुसन्धान गरिरहेको छ ।

  • ६ श्रावण २०८२, सोमबार १५:१७ प्रकाशित
  • Nabintech