२५ असार, कोहलपुर । बाँकेको कोहलपुर-६ स्थित बिभिएम (बाल विद्या) सेकेन्डरी स्कुलले यस वर्षको परिक्षामा उत्कृट नतिजा ल्याउँदै आफुलाई पुन प्रमाणित गर्न सफल भएको छ । जिल्लामा ४ जिपिए ल्याउने एक मात्र विद्यार्थी उत्पादन गर्न सफल बिभिएमले प्लस टु (कक्षा ११-१२) मा समेत आफुलाई अब्बल सावित गर्दै आएको छ ।
पछिल्ला केही वर्षयता प्लस टु (कक्षा ११) भर्नाका लागि विद्यार्थी तथा अभिभावकमाझ उच्च विश्वसनीयता कायम गर्दै आएको यस विद्यालयको शैक्षिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा स्थापित बन्दै गएको देखिन्छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अनुरूप इन्टर्नसीप, करियर काउन्सिलिङ, प्राक्टिकल शिक्षा, मनोविज्ञानी तथा विषयगत विशेषज्ञ परामर्शदाताजस्ता पूर्वाधारसहित अध्यापन प्रक्रिया अघि बढाइरहेको विद्यालयले जनाएको छ । विद्यार्थीको समग्र विकासलाई ध्यानमा राख्दै विद्यालयले प्रयोगात्मक कक्षा, शैक्षिक भ्रमण र सिकाइका नयाँ उपायहरूलाई नियमित कार्यक्रमका रूपमा अघि सारेको छ ।

गत वर्ष सञ्चालित एसईई परीक्षामा बाँके जिल्लामै ४.० जीपीए ल्याउने उत्कृष्ट विद्यार्थी उत्पादन गरी चर्चा कमाएको यो स्कुल अब नयाँ विद्यार्थीहरूको रोजाइमा परेको छ ।
विद्यालयले कक्षा ११ का लागि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, तथा कम्प्युटर साइन्स संकाय सञ्चालनमा ल्याएको छ। भर्ना प्रक्रियामा विद्यार्थीहरूको उल्लेखनीय वृद्धि देखिन थालेको स्कुल प्रशासनले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल गोविन्द सुवेदीका अनुसार पारिवारिक वातावरण, तनाव रहित सिकाइ, तथा विद्यार्थीमैत्री शैक्षिक संरचनाका कारण बिभिएम स्कुल धेरैको रोजाइमा पर्न सफल भएको छ । “हामी गुणस्तरीय शिक्षाका साथै नेतृत्व, अनुशासन र व्यवहारमा आधारित सिकाइमा जोड दिन्छौं” सुवेदीले भने ।
शैक्षिक श्रेणी, परिणाम र व्यवस्थापनका दृष्टिले पछिल्लो समय शैक्षिक श्रीवृद्धिमा उल्लेखनीय उचाई लिएको बिभिएम स्कुलले अहिले कक्षा ११ भर्ना प्रक्रिया अगाडी बढाएको छ ।
२५ असार २०८२, बुधबार १७:४५ प्रकाशित