१८ बैशाख २०८१, मंगलवार
कोहलपुरको ज्ञानोदय पुस्तकालयमा बिवाद
  • काँचुली खबर

कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय विवादित बनेको छ । शनिबार १७ औं वार्षिक साधारण सभाको तयारीमा रहेको पुस्तकालयले अपारदर्शि ढंगले सदस्यता वितरण गरेको भन्दै पुस्तकालयका आजिवन सदस्यहरुले तिब्र असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।
यद्यपी पुस्तकालयले हालसम्म कुनै आधिकारीक धारणा सार्वजनिक नगरेपछि सदस्यता वितरणको बैद्यतामा प्रश्न चिह्न खडा भएको छ ।
यहि बुधबार पुस्तकालयका आजिवन सदस्यहरु तेज पैसाद चापागाई, भोलानाथ शर्मा, माया गौतम, राजेन्द्र विष्ट, महेश बस्नेत र हेमन्त भट्टराईले पुस्तकालयको कार्यसमिति निर्णय विपरित सदस्यता वितरण गरिएको भन्दै तत्काल त्यस्तो कार्य रोक्नुपर्ने मागसहितको ज्ञापन–पत्र बुझाएका थिए । उनीहरुले बैठकको निर्णय अनुसार नै सदस्यता प्रदान गरिनुपर्ने, संस्थाको नियम विपरित सदस्यता वितरण गर्नेलाई कारवाही गर्नुपर्ने र आसन्न अधिवेशनकालागि गठित निर्वाचन समितिमा पदाधिकारी बाहेकका तटस्थ ब्यक्तीलाई नियुक्त गर्नुपर्ने ३ बुँदे माग २४ घण्टा भित्र सम्बोधन गर्न आग्रह गर्दै पुस्तकालय लाई ज्ञापनपत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएको भन्दै आक्रोश ब्यक्त गरेका छन ।
साधारण सभाबाट नयाँ कार्यसमिती निर्वाचित हुने हुँदा कार्यसमितीको निर्णय बेगर नै १ सय ५० जनालाई साधारण सदस्य बितरण गरिएको आजिवन सदस्य मायाँ गौतमले बताईन ।
कार्यसमितीको निर्णय बेगर बितरण गरिएका १ सय ५० जना साधारण सदस्यहरुको सदस्यता खारेज नगरेमा अबैधानिक सदस्यहरु लाई लिएर साधारण सभामा सहभागि हुन नसक्ने आजिवन सदस्य महेश बस्नेतले बताए । उनले सदस्यता खारेजिका लागि पुस्तकालय गम्भिर नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
सदस्यता वितरणकालागि साउन १ गते बसेको कार्यसमितिको बैठकले आवेदन भरेका ५ सय ६५ लाई आजिवन सदस्यता दिने निर्णय गरेको थियो । तर साधारण सदस्य र संस्थागत सदस्य बितरणकालागि भने कुनै निर्णय नभएको पुस्तकालय श्रोतले जनकारी दिएको छ ।

पुस्तकालयमा तालाबन्दी
ज्ञानोदय पुस्तकालय कोहलपुरको वर्तमान कार्यसमितिका काम–कारवाहीहरु सन्तोषजनक नभएको भन्दै शुक्रबार पुस्तकालयमा तालाबन्दी गरिएको छ । सदस्यता वितरणमा मनोमानी गरिएको र निर्णय नै नभएका सदस्यहरुलाई समेत सदस्यता वितरण गरिएको भन्दै असन्तुष्ट सदस्यहरुले पुस्तकालयमा तालाबन्दी गरेका हुन ।
सदस्यता वितरण सम्बन्धि विवाद समाधानकालागि शुक्रबार बसेको सर्बपक्षिय छलफल निश्कर्षमा नपुगेटै टुङ्गीएपछि असन्तुष्ट सदस्यहरुले तालाबन्दी गरेका थिए । तालाबन्दी लगत्तै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट आएको प्रहरीको टोलीले ताला फुटाएर पदाधिकारी तथा कर्मचारीहरुलाई बाहीर निकालेको थियो ।

  • १८ श्रावण २०७५, शुक्रबार २२:४१ प्रकाशित
  • Nabintech