धवलशमशेर आज रिहा हुँदै, प्रहरीले बोलायो परिवार
  • काँचुली खबर

६ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणालाई रिहा गर्न प्रहरीले परिवारलाई बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो ।

राप्रपाका नेता ऋषिराज देवकोटाले पत्नी प्रतिमालाई फोन गरेर प्रहरीले बोलाएको पुष्टि गर्दै आफूहरू पनि परिसर जान लागेको बताए । उनका अनुसार प्रतिमालाई प्रहरीले शनिबार बिहान साढे ८ मा आइपुग्न भनेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि सो दिन रिहा नगरिएको प्रहरी स्रोतको भनाइ छ । राणा रिहा हुने भनिएपछि शुक्रबार राप्रपाका नेता कार्यकर्ताको परिसरमा भीड लागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले धवललाई हाजिर जमानीमा छाड्न लागेको हो ।

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो ।

राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए । क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।

  • ६ बैशाख २०८२, शनिबार १०:२८ प्रकाशित
  • Nabintech