१३ फागुन, कोहलपुर । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँकेले ४३ बुँदे घोषणा-पत्र सार्वजनिक गरेको छ । मंगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत अखिल नेपाल किसान महासंघ बाँके जिल्ला कमिटिका अध्यक्ष कृष्ण विक्रम केसीले घोषणा-पत्र सार्वजनिक गरेका हुन ।
महासंघले फागुन १० र ११ गते कोहलपुरमा कार्यशाला संचालन गरेको थियो । अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष एवं किसान आयोगका अध्यक्ष डा। प्रेम दंगालको प्रमुख आतिथ्यतामा आयोजित २ दिने भेला तथा कार्यशाला गोष्ठिमा उठान भएका विषयलाई समेट्दै ४३ बुँदे घोषणा-पत्र जारी गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घोषणा पत्रमा उल्लेख भएका विषयवस्तु कार्यान्वयनकालागी जिल्लाका आठ वटै पालिकामा ज्ञापनपत्र बुझाउने कर्यक्रम समेत रहेको बताईएको छ । साथै लुम्बिनी प्रदेश सरकारलाई समेत घोषणा पत्र सहित मागपत्र बुझाईने केसीले बताए ।
बाँके जिल्लाका ८ वटै स्थानिय तहका १२५ अगुवा कृषकहरुको सहभागीता रहेको उक्त कार्यशालामा आधुनिक कृषि खेति प्रणाली र उत्पादकत्व बृद्धिमा अपनाउन सकिने विधिहरुबारे छलफल भएको थियो । २ दिने कार्यशालामा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुचना अधिकारी भोज बहादुर रावल लगाएतले प्रशिक्षण दिएको अखिल नेपाल किसान महासंघ बाँकेले जनाएको छ ।
कार्यशालाले बाँके जिल्लामा कृषि उत्पादनका सम्भावना र चुनौतिकाबारे घोषण-पत्र जारी गरेको हो ।
पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोती भुषाल, लुम्विनी प्रदेश सरकारका पूर्व मन्त्री आरती पौडेल लगाएतको सहभागीता रहेको थियो ।
१३ फाल्गुन २०८१, मंगलवार १७:३२ प्रकाशित