महोत्सव परिसरमा ३० किलोको खुकुरी !
  • काँचुली खबर

१८ माघ, पाल्पा । चौँथो रामपुर महोत्सव तथा व्यापार मेलामा स्थानीयदेखि प्रतिष्ठित उद्योगबाट उत्पादन भएका सामग्रीहरु राखिएको छ । तर मेला अवलोकनका लागि पुग्ने दर्शकको ध्यान खुकुरीले तानेको छ ।

३० किलोग्राम तौल र एक लाख ११ हजार एक सय ११ रुपियाँ मूल्य तोकिएको खुकुरीले सबैको आकर्षणको केन्द्र बनेको हो । विश्वकर्मा आरन उद्योग वालिङ नगरपालिका-८, स्याङ्जाका सञ्चालक सन्तोष विश्वकर्माले तयार पारेको खुकुरी स्टलमा प्रदर्शनीसंगै विक्रीमा राखिएक‍ो हो । कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार सहित उनले दाप सहित पाँच फिट दुई इन्च लामो खुकुरी बिक्रीमा राखेका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनको स्टलमा उक्त खुकुरी हेर्न र फोटो खिच्नेको घुइँचो लाग्ने गरेको छ । खुकुरीको बारेमा जानकारी दिँदैमा उहाँलाई फुर्सद छैन । नेपालीको शानको रुपमा रहेको खुकुरीकोबारे जानकारी दिनका लागि ठूलो खुकुरी निर्माण गरेको बताए । उनले भने, “धेरै तौल भएको ठूलो खुकुरी सजाउनुको विकल्प छैन । खुकुरी नेपालीको शान हो । घरको सजावतका लागि राख्न चाहानेहरुको लागि यो निर्माण गरिएको हो ।’

खुकुरीको तौल २५ किलो र दापको तौल पाँच किलो रहेको उनले बताए ।

आठ फिट लम्बाइको खुकुरी तौल ३० किलो रहेको छ भने १२ किलोको दाप गरेर खुकुरी ४२ किलोको छ । अन्य तीन जनाको सहयोग लिएर २० दिनमा खुकुरी तयार गरेको जानकारी दिए ।

खुकुरी निर्माणमा ज्याला खर्च बाहेक ३० हजार रुपियाँ खर्च भएको बताए । सजावतका लागि आफैले निर्माण गरेको मध्ये यसअघि १३ केजीको ४५ हजार र २० केजीको ५५ हजारमा खुकुरी बिक्री गरेको अनुभव सुनाउँदै अहिलेको खुकुरी बिक्री भएमा बेच्ने र नभएमा विभिन्न स्थानको मेलाको प्रदर्शनीमा राखिने जानकारी दिए ।

३६३ नम्बरमा रहेको उनको स्टलमा खुकुरीले दर्शकको ध्यान मात्र नभै अन्य सामग्री विक्रीमा पनि सहयोग गरेको बताए । गत माघ १५ देखि सुरु भएको मेलामा व्यापार निरन्तर बढ्दै गएको बताए ।

पुर्खाले गर्दै आएको आरन व्यवसायलाई निरन्तरता दिँदै आएका विश्वकर्माले विभिन्न स्थानमा लाग्ने मेला महोत्सवले तयार भएका औजारको बजारिकरणमा सहयोग महत्वपूर्ण टेवा दिईरहेको बताए । गोरखापत्रबाट

  • १८ माघ २०८१, शुक्रबार १८:०६ प्रकाशित
  • Nabintech